Prakash Adhikari December 26, 2019

 

काठमाडौं,१० पौष । चर्चित गायक रामकृष्ण ढकाल र उहाँकी श्रीमती निलम शाहबीच बैबाहिक सम्बन्ध विच्छेद भएको छ ।

निलमले अदालतमा दिएको उजुरीका आधारमा सहमतिमा नै सम्बन्ध विच्छेद भएको हो ।

बुधवार जिल्ला अदालत काठमाडौंमा न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाबीच सम्बन्ध विच्छेदको निर्णय सुनाएको हो।

शाहले दिएको उजुरीमा ढकालले परिवारलाई समय नदिएको आरोप छ । शाहले बिबाहपछिका केही बर्ष सबै ठिकै भएको तर पछि सधै काममा नै व्यस्त हुने र घर परिवारलाई समय नदिएको आरोप लगाउनुभएको छ ।

https://www.facebook.com/RamKrishnaDhakalOfficial/posts/2951484934875205:0

उहाँले श्रीमान रामकृष्णलाई विदेशमा बस्ने प्रस्ताव गर्दा सो प्रस्ताव नमानेको पनि अदालतमा बयानमा बताउनुभएको थियो।

गायक ढकाल र शाह बीच २०५९ मंसिर १४ गते विवाह भएको थियो । उहाँहरुको १७ बर्षको दाम्पत्य जीवनमा एक छोरी थपिएकी छन् ।
पारपाचुके पछि छोरी भने आमासंग रहने भएकी छन् ।

सडकबाट संघर्ष गर्दै आधुनिक गायन क्षेत्रमा स्थापित हुनभएका ढकाल विवाहपछि आर्थिक समस्यामा पर्दै आउनुभएको थियो ।

ऋण समयमा नै नतिरेको भन्दै बैकले घर लिलामीको सूचना पनि निकालेको थियो । श्रीमती खर्चालु भएको र त्यो धान्न एउटा गायकको आम्दानीले गाह्रो भएको रामकृष्णको आफन्तहरुलाई गुनासो गर्दै आउनुभएको थियो ।

आर्थिक अवस्था खस्कदै जादाँ पनि विदेशमा पस्नुभन्दा नेपालमा नै बस्न उचित देख्नुभएका ढकालले अन्तत देशको साटो श्रीमती त्याग्ने साहस देखाउनुभएको छ ।

सम्बन्ध विच्छेदपछि पनि गायक ढकालले आफ्नो फेसबुक स्टाटसमा आफूहरुबीचको सम्बन्ध कहिल्यै नटुटने बताउनु भएको छ । यो श्रीमती निलमप्रतिको प्रेम हो वा अबोध छोरीप्रतिको ?

Share Now

Leave a comment.