Prakash Adhikari December 27, 2019

 

क्यारारा ओभल, क्विन्सल्याण्ड (अष्ट्रेलिया), ११ पौष । अष्ट्रेलियाको घरेलु लिग बिग ब्यासको यो सिजनमा आफ्नो टिमको तेस्रो खेलमा नेपाल क्रिकेट स्टार सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

नेपाली क्रिकेट स्टार सन्दीपआवद्ध मेलवर्न स्टार्स र एडिलेड स्टाइकर्सबीच भएको खेलमा उनले एक विकेट लिएका हुन् । उनले ३ ओभर बलिङ गर्दै १ विकेट लिए । १५ रन खर्चिएर सन्दीपले एडिलेटका म्याथ्यू सटलाई आउट गरे ।

सन्दीपले एक विकेट लिए पनि उनको टीम भने यो सिजनमा पहिलो पटक पराजित भएको छ ।

क्यारारा ओभल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको सन्दीपको मेलबर्न स्टार्सले एडलेड स्टाइकर्सबाट १ सय ७५ रनको लक्ष्य पाएको थियो ।

१ सय ७५ रनको जवाफी लक्ष्य सहित मैदानमा उत्रेको सन्दीपको मेलवर्न स्टार्सले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा जम्मा १ सय ६९ रन मात्र बनाउन सक्यो र नतिजा एडिलेडलाई सुम्पियो ।

Strikers XI: Jake Weatherald, Phil Salt, Matt Short, Alex Carey (wk), Jon Wells, Cameron White, Cameron Valente, Rashid Khan, Peter Siddle, Wes Agar, Billy Stanlake

Stars XI: Nic Maddinson, Marcus Stoinis, Hilton Cartwright, Glenn Maxwell, Peter Handscomb (wk), Ben Dunk, Nathan Coulter-Nile, Adam Zampa, Daniel Worrall, Dale Steyn, Sandeep Lamichhane

मेलवर्न स्टार्सका लागि ग्लेन म्याक्सवेलले ४३, पिटर हेण्डस् कमले ३४, मार्कस स्टोइनिसले ३३ नाथन कटलर नाइलले २०, बेन डंकले १७, हिलटन कार्टराइटले ७ र निक म्याडिसनले १ रनको योगदान दिए ।

मेलबर्नलाई रोक्ने क्रममा एडिलेडका पिटर सिडलले ३, वेज अगर, क्यामरुन भ्यालेन्ट तथा रसिद खानले १ । १ विकेट लिएक थिए ।

यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको एडिलेट स्टाइकर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

एडिलेडका लागि जोन वेल्सले ६८, अलेक्स केरीले ४५, जेक वेदराल्डले २१, फिल साल्टले १४ तथा म्याट सर्ट र रासिद खानले ६ । ६ रनको योगदान दिएका थिए ।

एडिलेडलाई रोक्ने क्रममा मेलबर्नका डेनियल वरल, डेल स्टेन, एडम जाम्पा र सन्दीप लामिछानेको नाममा एक एक विकेट लिए ।

Share Now

Leave a comment.