Prakash Adhikari January 1, 2020

 

 

काठमाडौं, १६ पौष । नीजि क्षेत्रका जलविद्युत प्रवर्धकहरुको संस्था स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले नेपाल ऊर्जा ज्योती सम्मान’ पूर्व जलस्रोत मन्त्री स्वर्गीय शैलजा आचार्यलाई प्रदान गर्ने भएको छ ।

नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिकाको महत्वलाई आत्मसात गरी निजी क्षेत्रलाई प्रवेश गराउन नीतिगत रुपमा दुरगामी र परिवर्तनकारी योगदान गरेको भन्दै उहाँलाई इप्पानले प्रदान गर्ने निर्णय गरेको हो ।

२०५४ सालमा उपप्रधानमन्त्री एवं जलस्रोत मन्त्री भएको बेला नीजि नीजि क्षेत्रले उत्पादन गर्ने बिजुलीको विद्युत खरिद दर (पीपीए) प्रति युनिट ३.२० पैसा कायम गरी नेपालमा नीजि क्षेत्रले जलविद्युतमा लगानी गर्नका लागि ढोका खोल्ने काम गर्नुभएको थियो ।

एक लाख राशीको सो सम्मान इप्पान अध्यक्षसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष र ऊर्जा क्षेत्रका विज्ञ रहेको निर्णायक समितिले छनोट गरेको छ । छिट्टै हुन लागेको इप्पानको साधारणसभामा सो सम्मान वितरण गर्ने कार्यक्रम छ ।

नेपालको ऊर्जा क्षेत्रमा विभिन्न किसिमले विशिष्ट योगदान पु¥याउने लगानीकर्ता, राजनितिज्ञ, इन्जिनियर, पत्रकार, संघ संस्था आदिलाई प्रदान गर्ने गरी पहिलोपटक इप्पानले सो सम्मान स्थापना गरेको इप्पानले जनाएको छ ।

सरकारले बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४९ सालमा ल्याएको विद्युत ऐनबाट जलविद्युत आयोजनामा नीजि क्षेत्रले लगानी गर्न पाउने व्यवस्थासँगै इप्पानको सन् २००१ मा इप्पान स्थापना भएको हो ।

नेपालमा हालसम्म सरकारी र नीजि क्षेत्रबाट ११ सय मेगावाट विद्युत उत्पादन भएकोमा नीजि क्षेत्रबाट मात्र ६३३ मेगावाट उत्पादन गरेको छ । हालसम्म नीजि क्षेत्रबाटै ६ हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन छन् भने १५ हजार मेगावाट बराबरको आयोजनाको अध्ययन नीजि क्षेत्रबाट अघि बढेको छ ।

Share Now

Leave a comment.