कांग्रेसले पनि टुंग्यायो राष्ट्रिय सभामा पार्टीका उम्मेद्वार, बैठकमा असन्तुष्ट पक्षका नेता अनुपस्थित
काठमाडौं, १७ पौष । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ उम्मेदवारको नाम टुङ्गो लगाएको छ।
शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उम्मेदवारको नामावली टुंग्याएको हो ।तर, उक्त बैठकमा रामचन्द्र पौडेलको असन्तुष्ट धुरीमा रहेका पदाधिकारीहरुको उपस्थिति थिएन ।
यस पटकको निर्वाचन एकल संक्रमणीय मत नभएर क्लष्टरवाइज ढंगले हुन लागेकोले काँग्रेसका उम्मेदवार राष्ट्रियसभामा निर्वाचित हुने सम्भावना लगभग शून्य छ ।काँग्रेसले आफ्नो राजनीतिक हैसियत र उपस्थितिका लागि उम्मेवारी दिएको छ ।
आगामी माघ ९ गते हुने निर्वाचनका लागि काँग्रेस र समाजवादीबीच प्रदेश २ का ४ पदमा एकर्कालाई सहयोग गर्ने सहमति भएको छ ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ । संविधानको धारा, ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ ।
स्थायी सदनका रुपमा रहेको राष्ट्रियसभामा ५९ सदस्य छन् ।
यस पटक सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल समाप्त हुँदैछ ।
राष्ट्रियसभा उम्मेदवारहरु
प्रदेश १ मा
निरबहादुर विश्वकर्मा (पाँचथर) दलित
मिना पुलामी मगर (सुनसरी) महिला
राजेन्द्र घिमिरे (झापा) अन्य
प्रदेश २ मा
नगिना यादव (महोत्तरी) महिला
भोला पन्जियार (धनुषा) अल्पसंख्यकरअपाङ्गता
प्रदेश ३
हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य
छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला
गण्डकी प्रदेशमा
सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य
विमला गौचन (म्याग्दी) महिला
प्रदेश ५ मा
बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य
गिरिजा न्यौपाने (दाङ) महिला
मेराज हलवाई (बाँके) अल्पसंख्यकरअपाङ्गता
कर्णाली प्रदेश
डिल्लीराम पाठक (सुर्खेत) अन्य
सावित्री पौडेल (सुर्खेत) महिला
सुदूरपश्चिम प्रदेशमा
प्रताप ठगुन्ना (बैतडी) अन्य
तुलसी देवकोटा (कैलाली) महिला


















