Prakash Adhikari January 4, 2020

 

काठमाडौं, १९ पौष । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

राजपा अध्यक्षमण्डलको बैठकले वरिष्ठ उपाध्यक्षद्धय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मृगेन्द्र अन्य समूह र शेखर अपाङ्ग तथा अल्पसंख्यकको कोटामा उम्मेदवार हुनुहुन्छ ।

 मृगेन्द्र सिह राजेन्द्र महतो र शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिनुहुन्छ ।

राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग तालमेल गरेको छ ।

सत्तारुढ नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।

Share Now

Leave a comment.