Prakash Adhikari January 16, 2020

मुम्बई (भारत), २ माघ । बलिउडका सुपरस्टार जोडी अजय देवगन र काजोल स्टारर फिल्म ‘तानाजी द अनसंग वारियर’ बक्स अफिस राम्रो कमाइ गर्दै १०० करोड क्लबमा प्रवेश गरेको छ।

रिलिज भएको ६ दिनमै फिल्मले १०७ करोड ६८ लाख कमाइ गरेको छ। योसँगै तानाजी २०२० को पहिलो १०० करोड कमाइ गर्ने फिल्म बनेको छ।

तानाजीसँगै रिलिज भएको दीपिका पादुकोण ‘छपाक’ भने बक्स अफिसमा धेरै नै पछाडि परेकाको छ। छपाकले ६ दिनमा जम्मा २६ करोड ५३ लाख कमाइ गरेको बताइएको छ।

तानाजीको पछिल्लो कमाइको तथ्यांक सार्वजनिक गर्दै बजार विश्लेषक तरण आदर्शले लेखेका छन्, ‘तानाजी १०० करोड क्लबमा नटआउट कलेक्सन गरिरहेको छ। फिल्मले छैठौं दिन चौथो र पाँचौं दिनभन्दा बढी संकलन गरेको छ।’ उसले सुरुका दिनमाभन्दा पछिल्ला दिनमा फिल्मले कमाइ बढाउँदै लगेको र यो १५० करोडको दिशातर्फ लागेको उनले बताएका छन्।

फिल्मले सबैभन्दा बढी कमाइ आइतबार गरेको थियो।

फिल्मले शुक्रबार १५ करोड १० लाख, शनिबार २० करोड ५७ लाख, आइतबा २६ करोड २६ लाख, सोमबार १३ करोड ५७ लाख, मंगलबार १५ करोड २८ लाख र बुधवार १६ करोड ७२ लाख संकलन गरेको छ। अहिलेसम्म फिल्मले ६ दिनमा जम्मा १०७ करोड ६८ लाख कमाइ गरेको छ।

तानाजीले अजयका यसअघिका सफल ८ फिल्मको रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेको छ। अजयका ‘गोलमाल’ ३ ले १०६ करोड ३४ लाख, ‘सन अफ सरदार’ले १०५ करोड ३ लाख, ‘रेड’ले १०३ करोड ६७ लाख, ‘दे दे प्यार दे’ले १०३ करोड, ‘बोल बच्चन’ले १०२ करोड ‘शिवाय’ले १०० करोड ३५ लाख ‘सिंघम’ले १०० करोड र ‘राजनीति’ले ९३ करोड कमाइ गरेका थिए।

Share Now

Leave a comment.