Prakash Adhikari January 22, 2020

काठमाडौं, ८ माघ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने अष्ट्रेलियाको चर्चित घरेलु लिग बिग ब्यास अन्तरगत इडिलेड स्ट्राइकर्ससंग बलिड.मा उत्रिएका छन् । दुई ओभर बलिड. गर्दा १८ रन दिएका उनले विकेट भने लिएका छैनन् । उनले २ ओभर बलिड. गर्न पाउने संभावना भने जीवितै छ ।

खेलमा बलिड. गर्ने पालो पर्खिरहदा उनको खेल जीवनले भने नयाँ रेकर्ड कायम गर्न लागेको छ । उनी टी २० को फ्रेन्चाइज खेलमा शतक विकेट लिने संघारमा पुगेका छन् । हालसम्म खेलेका खेलबाट उनले ९८ विकेट लिइसकेका छन् ।

सन् २०१८ को मे १२ ताखिरमा रोयल च्यालेञ्जर्स विरुद्धको खेलबाट फ्रेन्चाइजी लिगमा डेब्यु गरेका सन्दीपले अहिलेसम्म ७२ खेलमा ९८ विकेट लिइसकेका छन ।
विश्वका चर्चित फ्रेन्चाइजी लिग खेलेका सन्दीपले टी २० एस मा ७१ खेलमा १८ सय १७ रनमा ९८ विकेट लिएका हुन । उनको बेष्ट बलिङ फिगर १० रनमा चार विकेट रहेको छ ।

सन्दीपले फ्रेन्चाइजी लिगको पहिलो खेलमा आरसीबी विरुद्ध २५ रन दिएर एक विकेट लिएका थिए । सो आइपीएलमा उनले तीन खेलमा पाँच विकेट लिएका थिए ।

यस्तै सोही बर्ष उनले ग्लोबल टी २० क्रिकेट पनि खेले जसमा उनले पाँच खेलमा आठ विकेट लिए । २०१८ के सेप्टेम्बरमा सन्दीपले पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग खेले ।

विश्वका सात वटा फ्रेन्चाइजी लिग खेलेका सन्दीपले सबै प्रतियोगितामा सफल बलिङ गरेका छन ।

सन्दीपको बलिङ

२०१८ इन्डियन प्रिमियर लिग (आईपीएल) ३ खेल ५ विकेट

२०१८ क्यारेबिन प्रिमियर लिग ५ खेल ७ विकेट

२०१८ अफगानिस्तान प्रिमियर लिग १ खेल २ विकेट

२०१८-१९ बिग ब्यास लिग ८ खेल ११ विकेट

२०१८-१९ बङ्गलादेश प्रिमियर लिग ६ खेल ४ विकेट

२०१९ पाकिस्तान सुपर लिग ७ खेल ११ विकेट

२०१९ आईपीएल ६ खेल ८ विकेट

२०१९ क्वारेबिन प्रिमियर लिग ६ खेल ८ विकेट

२०२० बिग ब्यास लिग ११ खेल १४ विकेट (जारी)

नेपाली राष्ट्रिय टिमबाट टि-२० आईमा १८ खेल २८ विकेट

बीबीएलको जारी संस्करणमा हालसम्मका १२ खेलमा सन्दीपको मेलबर्न स्टार्सले १० जित र दुई हार ब्यहोर्दै २० अंकसहित अंकतालिकाको शीर्षमा स्थान बनाइरहेको छ ।

लिगको तेस्रो स्थानमा रहेको एडिलेडको ११ खेलमा ६ जित र ४ हारका साथ १३ अंक हासिल गरेको छ ।

Share Now

Leave a comment.