काठमाडौं, १ माघ । एनसेलको मातृ कम्पनी स्वीडेनको टेलियासोनेरा कम्पनीले नेपालमा कुनै कर दायित्व नरहेको दाबी गरेको छ । कम्पनीले जनवरी ९मा आफ्नो वेभसाइटमा एक समाचार राख्दै एनसेल बिक्री वापतको लाभकर तिर्ने दायित्व नेपालमा नरहेको स्पष्ट पारेको हो ।
ठूला करदाता कार्यालयले टेलियासोनेरालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दाको लाभकर तिर्न पुष १८ मा १५ दिनको अल्टिमेटम दिएको थियो ।
ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाई लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख नाघेको र सो कर चुक्ता गर्न निर्देशन दिएको थियो ।
ALL TAX REQUIREMENTS MET IN NEPAL
- 2018-01-09
A Swedish daily today reports that the Nepalese government has sent a letter to its Swedish counterpart regarding a tax claim following Telia Company’s divestment of Ncell to Axiata in 2016. The letter does not change Telia Company’s position: there are no tax obligations in Nepal on the foreign part of the transaction.
Telia Company has stated repeatedly that it met all tax requirements on the Nepalese operation Ncell during the years 2008-2016, and in relation to the sale of the subsidiary in 2016 to Axiata.
The letter to the Swedish government does not change Telia Company’s position
टेलियाले सन २००८ देखि २०१६सम्मको अवधिमा कम्पनी सञ्चालन गर्दा र मलेसियाको एक्जियटालाई शेयर स्वामित्व बेच्दाका सबै कर दायित्वहरु पूरा गरिसकेकोले नेपाल सरकारले स्वीडेनको समकक्षीलाई पत्र पठाएर करदायित्वका बारेमा बुझे पनि आफ्नो अडानमा कुनै परिवर्तन नहुने उल्लेख गरेको छ ।
उसले एक स्वीडिस दैनिकको हवाला दिदै नेपाल सरकारले कर दायित्वका सन्दर्भमा स्वीडिस सरकारसंग सोधेको उल्लेख गरेको छ ।
आन्तरिक राजश्व कार्यालयका अधिकारीहरुले टेलियाले बक्यौता कर नतिरे स्वीडिस सरकारसंग यसका बारेमा कुरा गर्ने दावी गरेका थिए ।