Prakash Adhikari February 2, 2020

 

सानेपा (ललितपुर), १९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा दुई उपसभापति र पाँच महामन्त्री मनोनयन गर्नुभएको छ ।

 

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार झापाकी तुलसा पन्त  र रुपन्देहीका मुक्तिराज पौडेललाई उपसभापतिमा मनानित गरिएको छ भने तनहुँका

दिपक भट्टराई,धादिड.की उर्मिला थपलिया,मकवानपुरका प्रभातकुमार दाहाल , सिन्धुपाल्चोकका बलदेव तिमल्सीना र स्याड.जाका युवराज पाण्डेलाई महामन्त्रीमा मनोनित गरिएको छ ।

 

कांग्रेस सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गर्नूभएको हो । पार्टी सभापति शेरबहादुर देउवाद्वारा २०७६ माघ १६ गते सुनसरीका राजिव ढुंगानाको अध्यक्षतामा दुई महामन्त्री सहित तदर्थ  समिति गठन गर्नुभएको थियो ।

 

नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र   गरिने जनाएको छ ।

Share Now

Leave a comment.