Prakash Adhikari January 16, 2018

काठमाडौं, २ माघ । नेकपा एमालेको सहयोग र समर्थनमा मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका दिपक मनाङ्गेलाई सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाँय सुुनाएको छ ।

प्रदेशसभा सदस्य मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाएको हो ।

तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो । दीपक मनाङ्गेको समूहमाथि २०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो ।

पुनरावेदन अदालतले मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो भने भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदनकै फैसलालाई सदर गरेको छ ।

हालै सम्पन्न निर्वाचन ताका काठमाडौंमा पक्राउ परिने भयले दलबलसहित मनाड.मा पुगेर स्वतन्त्र उम्मेद्वारी दिएका दीपक मनाडे. विरुद्ध जिल्लामा अदालतबाट भएको फैसलाकाबारेमा कसैले उजुरी गरेनन् उल्टो उनको समर्थनमा एमालेका आधिकारिक उम्मेद्वारले उम्मेद्वारी नै फिर्ता लिएकी थिएन् ।

स्वतन्त्र उम्मेद्वार बनेर जितेका दीपक मनाड.ेको सांसद पद भने धरापमा परेको छ ।नेपालको संविधानमा नैतिक पतन भएका फौजदारी मुद्दामा दोषी ठहर भएका व्यक्तिले सांसद बन्न नपाउने व्यवस्था छ । उनले सपथ ग्रहण अगावै सांसद पद भने गुमाउनुपर्ने भएको छ । सर्वोच्चको यो फैसलासंगै उनी स्वतः निलम्बित भएका छन् ।

Share Now

Leave a comment.