Prakash Adhikari February 12, 2020

काठमाडौं,२९ माघ । नेपालका व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघको नवनिर्वाचित कार्यसमितिको सभापतिमा राष्ट्रिय बाणिज्य बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

यही सोमबार भएको पदाधिकारीहरुको निर्वाचनमा उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

व्यवस्थापन संघको कार्यसमितिमा पहिले कार्यसमितिका सदस्यहरुको निर्वाचन हुने र सदस्यमध्येबाट पदाधिकारी निर्वाचन गरिने व्यवस्था रहेको छ ।

सोमबार सम्पन्न पदाधिकारी निर्वाचनमा प्रथम उपसभापतिमा नेपाल राष्ट्रबैंकका प्रवक्ता बमबहादुर मिश्र, द्धितीय उपसभापतिमा आईएमई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका धर्मानन्द अवस्थी र कोषाध्यक्षमा अनु जोशी निर्वाचित हुनुभएको छ ।

द्धितीय उपसभापति र महासचिवबाहेकका पदाधिकारीहरु निर्विरोध निर्वाचित हुनुभएको थियो ।

यस अगाडि गत शुक्रबार भएको संघको ३९ औं साधारण सभामा भएको मतदानबाट इन्द्रकुमार श्रेष्ठ, आशा राणा अधिकारी, सुजन आचार्य, मोहनराज ओझा, किरणकुमार श्रेष्ठ, धर्मानन्द अवस्थी, सुमन पोखरेल, हेमाकुमारी अधिकारी, मिलन गुरुड.,मनिष झा, अनु जोशी व्यक्तिगत सदस्यको रुपमा निर्वाचित हुनुभएको थियो भने संस्थागत सदस्यतर्फ शिवम् सिमेण्टका तर्फबाट सुरेन्द्रकुमार गोयल, नागरिक लगानी कोषका तर्फबाट रमण नेपाल, बीमा संस्थानका तर्फबाट कविप्रसाद नेपाल, कर्मचारी सञ्चय कोषका तर्फबाट तुलसीप्रसाद गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट बमबहादुर मिश्र निर्वाचित हुनुभएको थियो ।

Share Now

Leave a comment.