Prakash Adhikari February 16, 2020

बैंगलोर(कर्नाटका,भारत), ३ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिगको उपाधि उचालेको छ।

ब्याङ्ग्लोर फुटबल स्टेडियममा शुक्रबार भएको फाइनलमा कृप्सा फुटबल क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले पहिलो पटक उपाधि हात पारेको हो।

उपाधिसँगै गोकुलमले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको कृप्सा एफसीले ५ लाख भारतीय रुपैयाँ पायो ।

छनोटसहित ८ खेलमा १८ गोल गरेकी सावित्रा महिला लिगको सर्वाधिक गोलकर्ता समेत बनिन्।

gokulam Sabitra Bhandari को छविको परिणाम
सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन्। छनोट चरणमा समेत सावित्राले ३ गोल गरेकी थिइन्।

सावित्राले खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा १ गोल थप्यो।

२–२ को बराबरीको अवस्थामा रहँदा सावित्राले निर्णायक गोल गरेकी थिइन्। सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा मनिषाको पासमा गोल गर्दै गोकुलमको जित पक्का गरेकी थिइन।

एउटा छनोट खेल समेत खेलेकी सावित्राले लिग चरणमा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्।

 

gokulam Sabitra Bhandari को छविको परिणाम

सेमिफाइनलमा सावित्राको टोलीले अर्की नेपाली चेलीअनिता बस्नेत आबद्ध सेथु एफसीलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो। सावित्राले गत सिजन अनितासँगै सेथुबाट खेलेकी थिइन्।

त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।

Share Now

Leave a comment.