काठमाडौं, ६ फागुन । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले एनएनआइपिए स्पोर्टस् अवार्ड वितरण गरेको छ।
काठमाडौंको वसन्तपुर डबलीमा आयोजित समारोहमा विभिन्न विधामा अवार्ड वितरण गरिएको हो।
संघले २८ खेलका उत्कृष्ट खेलाडीसँगै महिला र पुरुष गरी दुई सर्वोत्कृष्ट खेलाडी, उदीयमान महिला र पुरुष खेलाडी, आदर्श खेलाडी सम्मान, पारा खेलाडी तथा एनएनआइपिए खेलकुद पत्रकारिता सम्मान प्रदान गरेको छ।
पुरस्कृत खेलाडीहरुको सूची :
आर्चरी- तिलक पुन मगर
एथलेटिक्स- अजितकुमार यादव
ब्याडमिन्टन- दीपेश धामी
बास्केटबल- मानेशराज उपाध्याय
बक्सिङ- पुनम रावल
फेन्सिङ- ओमकार सिंह
फुटबल- भरत खवास
गल्फ- टंकबहादुर कार्की
जुडो- इन्द्र श्रेष्ठ
कबड्डी- मेनुकाकुमारी राजवंशी
कराते- विजय श्रेष्ठ
कुँरास- उपेन्द्र थापा
टेनिस- प्रेरणा कोइराला
प्याराग्लाइडिङ- विमल अधिकारी
पेनकेक सिलात- गोविन्द चाैधरी
रोलर स्पोर्टस- मिलन शाह ठकुरी
सेपाक टाक्रो- रोशन तामाङ
सुटिङ- शुस्मिता नेपाल
स्पोर्टस क्लाइम्बिङ- पेम्बा शेर्पा
स्क्वास- अमृत थापा मगर
पाैडी- शुभम श्रेष्ठ
टेबल टेनिस- नबिता श्रेष्ठ
तेक्वान्दो- नीमा गुरुङ
ट्रायथलन- वसन्त थारु
भलिबल- सरस्वती चाैधरी
भारोत्तोलन- सञ्जु चाैधरी
कुस्ती- रमेश गाैतम
उसु- जुनी राई
उत्कृष्ट हुने सबैले जनही १० हजार रुपैयाँ पाएका छन्।
तेक्वान्दोकी निमा गुरुङ सर्वोत्कृष्ट महिला खेलाडी र प्याराग्लाइडिङका विमल अधिकारी सर्वोत्कृष्ट पुरुष खेलाडी बनेका छन्। उनीहरुले जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
यसैगरी उदीयमान महिला खेलाडीको अवार्ड भलिबलकी सरस्वती चौधरी र पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादवले पाएका छन्। उनीहरुले जनही ५० हजार रुपैयाँ पाएका छन्।
पारा खेलाडी पुरस्कार बोसिया खेलकी महिमा कोइरालाले पाइन्।
यसैबीच एआईपिएस अवार्डबाट विश्वकै सर्वोत्कृष्ट स्तम्भ लेखनको पुरस्कार जितेका खेल पत्रकार प्रज्जवल ओली पनि सम्मानित भएका छन्। ओलीले गत साता हंगेरीको बुडापेस्टमा उक्त पुरस्कार जितेका थिए।
जीवन खेलकुदमा समर्पित गरेबापत बक्सिङका वरिष्ठ प्रशिक्षक मदन गुरुङलाई ३५ हजार रुपैयाँसहितको गजराज आदर्श खेलाडी सम्मान प्रदान गरियो। उक्त पुरस्कारको प्रायोजन गजराज स्मृति प्रतिष्ठानले गरेको छ।
त्यसमा पूर्वबक्सिङ खेलाडी एवं ख्यातिप्राप्त गायक योगेश्वर अमात्यले ३५ हजार रुपैयाँ थपेको आयोजकले जनाएको छ।
यसैगरी फोटो पत्रकार राजेन्द्र चित्रकार एनएनआइपिए पत्रकारिता सम्मानबाट विभूषित भएका छन्।