काठमाडौं,१२ फागुन (बीबीसी) । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर सामाजिक सञ्जालमा आलोचना भइरहँदा उनका एक सल्लाहकारले त्यो कार्य ‘अन्तर्राष्ट्रिय अभ्यास अनुरूप’ भएको बताएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा सत्तारूढ नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, “गुगलमा खोज्नु भयो भने पुटिन (रुसी राष्ट्रपति), ओबामा (अमेरिकाका पूर्वराष्ट्रपति) र मोदी (भारतीय प्रधानमन्त्री) ले मातृभूमिको नक्सा र देशको झण्डा जन्मदिनको केकमा प्रयोग गरेको पाउन सक्नुहुन्छ। प्रधानमन्त्रीज्यूको जन्मदिनमा पनि त्यहि अन्तर्राष्ट्रिय अभ्यासलाई पालना गरिएको हो।”
थापाले प्रधानमन्त्रीका शुभेच्छुकहरूले तेह्रथुमको आठराईस्थित ओलीको पुर्ख्यौली थलोमा उक्त जन्मदिनको कार्यक्रम आयोजना गरेको र त्यसमा राज्यको पैसा खर्च नभएको समेत दाबी गरे।
हजारौँको सङ्ख्यामा स्थानीय बासिन्दा सहभागी भएको भनिएको जन्मदिनमा कार्यक्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भइरहेको छ।
त्यसबाहेक जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको पनि टिप्पणी पनि भइरहेको छ।
‘अन्तर्राष्ट्रिय अभ्यास अनुरूप’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्रीको जन्मोसत्वलाई लिएर अनावश्यक तरङ्ग पैदा गर्न खोजिएको बताए।
थापा भन्छन्, “पिछडिएको मानसिकता भएका व्यक्तिहरू न अन्तर्राष्ट्रिय अभ्यास हेर्छन् न प्रचलन हेर्छन्। उनीहरू अनावश्यक तरङ्ग पैदा गर्न खोज्छन्। यसको म केही अर्थ देख्दिन।”
उनले उक्त केक स्थानीय शुभेच्छुकहरूले बनाएको भन्दै त्यसमा प्रधानमन्त्री वा सचिवालय संलग्नता नरहेको बताए।
https://www.facebook.com/babita.basnet.5/posts/10157942110016772
हेलिकोप्टरमा केक र यती समूह
सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडिओमा एउटा हेलिकोप्टरमा प्रधानमन्त्रीको जन्मदिन मनाउन उक्त केक लग्न लागेको देखिन्छ।
समाचार विवरणहरूमा पूर्वराजपरिवारसँग जोडिएका सम्पत्ति भाडामा सञ्चालनको विषयमा विवादमा तानिएको यती समूहका अध्यक्षले आफ्नो कम्पनीको स्वामित्वमा रहेको हेलिकोप्टरमा सो केक बोकेर ओलीको जन्मगाउँ पुगेका बताइएको छ।

प्रधानमन्त्रीको जन्मगाउँमा जन्मदिन मनाउने तयारी तीन महिनाअगाडि सुरु भएको बताइएको छ
त्यसबारे थापा भन्छन्, “यती होल्डिङ्सको विवादको के कुरा गर्नुहुन्छ। गैरकानुनी कामहरू भएका छन् भने राज्यका संयन्त्रले हेर्छ।”
“नेपालको एउटा प्रतिष्ठित उद्यमी व्यवसायीका रूपमा उहाँ जान नहुने भन्ने कुरा त भएन। उहाँलाई कुनै कानुनी कारबाही पनि भएको छैन्।”
थापाले थपे, “कुनै व्यापारिक घरानालाई यती समूहसँग रिस उठेको छ [वा] प्रतिस्पर्धा छ भनेर हामीले त्यही अनुसारको सामाजिक व्यवहार गर्नुपर्ने जरुरी छैन।”
S
प्रम ज्यु, 'बर्थडे-केक' को तस्बिर विद्रुप लाग्यो। प्रमको मर्यादा र यहाँको राजनीतिक व्यक्तित्वलाई यो दृश्यले न्याय गरेन। प्रतिकात्मक अर्थ के बुझेर यस्तो केक बन्यो थाहा भएन। १९९८ मा रुसमा चैँ कम्युनिस्ट शासनको अन्त्य मनाउन लेनिनको आकृतिको केक काटिएको थियो।https://t.co/JnOa5PTJXm pic.twitter.com/aN5l6HSz4P
— Surya Raj Acharya (@SuryaRAcharya) February 23, 2020
एक महिनाअघि नेकपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि जारी गरेको आचारसंहितामा ‘जन्मदिवस, पास्नी तथा व्रतबन्धजस्ता संस्कारलाई घरभित्रै सीमित गर्न’ भनिएको थियो।
तर आइतवार प्रधानमन्त्री ओलीको जन्मदिनमा अठराईमा सयौँलाई भोज खुवाइएका विवरण आएका छन्।
थापा भन्छन्: “प्रधानमन्त्रीले आफूले आह्वान गरेर जन्मदिन मनाउँदै हिँडेको होइन। हामीले सचिवालयकातर्फबाट घरभित्रै हिजो बिहान जन्मदिनको शुभकामना दिएका थियौँ।”
“उहाँ जन्मघर पुग्दा उहाँका गाउँले र शुभेच्छुकहरूले शुभकामना दिएका हुन्। उहाँले आयोजना नगरेपछि आचारसंहिता उल्लङ्घन गरेको वा नगरेको विषय नै भएन।”
“जनसमुदायले आफ्ना प्रधानमन्त्रीको जन्मदिन मनाउन पाउने अधिकारको अभ्यास गरेका हुन्।”
विसं २०२० मा आठराईबाट बसाइँ सरेर ओलीको परिवार झापा झरेका थिए।
आफ्नो बुवाले बिक्री गरेको अठराईमा अवस्थित घरलाई किनेका ओलीले त्यसलाई ट्रष्ट अन्तर्गत सञ्चालन गर्ने घोषणा गरेका छन्।
https://www.facebook.com/permalink.php?story_fbid=133740981465848&id=105043977668882
जन्मदिन मनाउने कार्यक्रमका लागि मात्रै ओली तेह्रथुम नगएको उल्लेख गर्दै थापाले प्रधानमन्त्रीले तत्कालीन नेकपा एमालेका दिवंगत महासचिव मदन भण्डारीको गाउँ ढुङ्गेसाँगु र आठराई जोड्ने सडकको शिलान्यास गरेको, पाँचथरमा खानेपानी आयोजना र नेपाल ब्याङ्कको कार्यालय उद्घाटनसहित अन्य पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएको बताए।
जन्मदिनको कार्यक्रममा ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको ओलीका एक बाल्यकालका साथीले बीबीसीलाई आइतवार बिहान बताएका थिए।
प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाका अनुसार जन्मदिनका लागि ३/४ महिना अघिदेखि नै तयारी सुरु भएको थियो।


















