काठमाडौं, १५ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि आज थाइल्याण्ड प्रस्थान गर्दैछ ।
फागुन १७ देखि आरम्भ हुने प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ । २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग प्रतिस्पर्धा हुनेछ ।
| Venues | : | AIT, Thailand |
| Dates | : | 29 February – 6 March 2020 |
| Teams | : | Thailand, Nepal, Hong Kong, Singapore, Malaysia |
| Schedule | |
| Matches start at 9.30AM and 1.30PM | |
| Sat 29-Feb | Thailand v Singapore at AIT (9.30am) Nepal v Malaysia at AIT (1.30pm) |
| Sun 1-Mar | Nepal v Hong Kong at AIT (9.30am) Malaysia v Thailand at AIT (1.30pm) |
| Mon 2-Mar | Rest Day |
| Tue 3-Mar | Malaysia v Singapore at AIT (9.30am) Hong Kong v Thailand at AIT (1.30pm) |
| Wed 4-Mar | Thailand v Nepal at AIT (9.30am) Singapore v Hong Kong at AIT (1.30pm) |
| Thu 5-Mar | Rest Day |
| Fri 6-Mar | Singapore v Nepal at AIT (9.30am) Hong Kong v Malaysia at AIT (1.30pm) |
नेपाली राष्ट्रिय टोलीमा यसपटक भुवन कार्की र किशोर महतोले स्थान पाएका छन् भने रोहित कुमार पौडेल बाहिर परेका छन् ।
नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहने नेपाली स्क्वाडमा उपकप्तान दिपेन्द्र सिंह ऐरी, पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा चयन भएका छन् ।
इस्टर्न र वेस्टर्न रिजनबाट छनोट भएका २–२ टोलीले मलेसियामा अगस्टमा हुने एसिया कप टी–२० को छनोटमा भाग लिनेछन् ।
टी–२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ । एसिया कपका लागि भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंका सिधै छनोट भएका छन् ।


















