काठमाडौं,३ माघ । प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने एजेन्डासहित बुधबार विहान ९ बजेको मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बुधबारको बैठकको मूल एजेण्डा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी वा सम्पर्क मुकाम तोक्ने रहेको थियो ।
बिहानको बैठकमा प्रदेश प्रमुखहरुको संभावित नामबारे छलफल समेत भएको थियो। तर, निर्णय गर्नका लागि दिउँसो ३ बजे फेरि बस्नेगरी स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेशका अस्थायी राजधानीका लागि सम्भावित ठाउँबारे पनि छलफल भएको जनाइएको छ ।