काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ।
उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मंगलबार मध्यरातमा सकिँदैछ ।
उहाँको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको बताइएको छ ।
राष्ट्रिय सभामा दोहोरिने निश्चित नभए पनि डा. खतिवडालाई पुनः अर्थमन्त्रीमा नै नियुक्त गर्न प्रधानमन्त्री के.पी. शर्मा ओली तयार हुनुभएको छ । उहाँलाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गरिनेछ ।
धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ सदस्य हुन नसकेमा मन्त्री पदबाट स्वतः मुक्त हुने व्यवस्था छ ।
डा.खतिवडाको अर्थमन्त्रीमा नियुक्ति र सपथ भोलि मात्र हुने नेकपा स्रोतले बताएको छ ।