Prakash Adhikari March 18, 2020

काठमाडौं, ५ चैत्र । पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको निधनमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिहीबार सर्वोच्च अदालतले मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ।

पूर्व न्यायाधीश श्रेष्ठको बुधबार निधन भएको थियो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनको शोकमा यस्तो निर्णय गरेको हो।

धनकुटा जिल्लामा १९८९ साल चैत ३० गते जन्मिएका श्रेष्ठ न्याय सेवामा शाखा अधिकृत, उपसचिव, अञ्चल न्यायाधीश र मुख्य न्यायाधीश हुँदै २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश हुनुभएको थियो।

उहाँ उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त हुनुभएको थियो।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानुनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानुनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक, अत्यन्त मिलनसार र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ

Share Now

Leave a comment.