नयाँदिल्ली(भारत), ९ चैत्र । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्धको लडाइमा भारतमा आमजनतालाई स्वयंअग्रसर र सचेत गराउने उद्देश्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गर्नुभएको जनता कफ्र्यूको कारण आज भारतका सबै राज्यको जनजीवन लगभग ठप्प भएको छ ।
जनता कफ्र्यु आइतबार बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म १४ घण्टाको लागि आह्वान गरिएको थियो ।
Have seen this view many times from my hotel room over the years but not with less than 1000 cars on it……..#India is having a curfew today for 14 hours to fight #covid_19 it’s looks like it’s being followed 🙏🙏🙏
.
.#jantacurfew #modi #stayathome #corona #covid_19 #seagate pic.twitter.com/KsY5adOjQX— Mike Hesson (@CoachHesson) March 22, 2020
गएको शुक्रवार प्रधानमन्त्री नरेन्द्र मोदीले एक सार्वजनिक अपील गर्दै भन्नुभएको थियो, ‘आउदो आइतबार अर्र्थात २२ मार्चका दिन बिहान ७ बजेदेखि रात ९ बजेसम्म, समस्त देशवासीले जनता-कर्फ़्यू का पालन गर्नुपर्नेछ । अत्यावश्यक नभइकन घरबाहिर ननिस्कनुहोला । हाम्रो यो प्रयास हाम्रो आत्मसंयम,देशहितमा कर्तव्यपालनको संकल्पको प्रतीक हुनेछ । २२ मार्चको जनता कफ्र्यूको सफल अनुभवले हामीलाई आगामी संभावित चुनौतीको सामना गर्न तयार बनाउने छ।’
भारतीय समाचार संस्थाहरुले जनता कफ्र्युका कारण सबै राज्यको जनजीवन ठप्प भएको जनाएका छन् ।
राजमार्ग र रेल्वेहरु खाली छन् । शहर र बजारहरु सुनसान छन् । हवाईसेवाहरुको उडान संख्यामा कटौति भएको छ । पूजा स्थल, शपिंग मल, और ऐतिहासिक महत्वभएका पर्यटन स्थल, संग्राहलय, पार्क स्कूल, थिएटर, व्ययामशाला बन्द भएका छन् । अस्पताल र औषधी पसलहरु भने खुला छन् ।
आम जनता घरमै बसेका छन् । घरबाहिर निस्केका मानिसलाई प्रहरीले सुरक्षित रुपमा घरमा बस्न आग्रह गरेका छन् । विहानको समय त प्रहरीहरुले पुष्पोपहार दिएर प्रेमपूर्वक घर बस्न आग्रह गरको समाचारहरु सार्वजनिक भएका थिए ।
भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । आज बिहार र महाराष्ट्रमा थप एक एक जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । यस पहिले नै महाराष्ट्र, पञ्जाब,राजस्थान र दिल्लीमा एकएक जनाको मृत्यु भैसकेको छ । भारतमा हालसम्म ३ सय ४१जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।



















