Prakash Adhikari March 24, 2020

 

काठमाडौं, ११ चैत्र । कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकहरुलाई जोगाउनका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकमुष्ट ५० लाख रुपैय सहयोग गर्ने घोषणा गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै सो जानकारी दिनुभएको हो ।

यस अगाडि नेपाली कांग्रेसका तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय भइसकेको छ ।

नेपाली कांग्रेसका सांसद दिब्यमणि राजभण्डारीले सोमबार नै सरकारले स्थापना गरेको कोषमा एकमुष्ट ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ ।

Share Now

Leave a comment.