Prakash Adhikari March 29, 2020

काठमाडौं। १६ चैत्र । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरस जस्तो संक्रामक रोगको परीक्षण र उपचारमा सक्रिय सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सावधानीसहित उच्च मनोबल लिएर काम गर्न अपिल गर्नुभएको छ ।

आईतबार एक विज्ञप्ति जारी गर्दै डा.कोइरालाले सो अपिल गर्नुभएको हो।

डा.कोइरालाले स्वास्थ्यकर्मी मानवीय भावनाले अभिप्रेरित भएर नै सबैखाले सरुवा र प्राण घातक रोगहरुको समेत परीक्षण, उपचार र अनुसन्धानमा सक्रिय रहने कुरा स्मरण गराउदै त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग भएको उल्लेख गर्नुभएको छ ।

आफ्नो पाँच बूँदे अपिलमा डा.कोइरालाले सरकारलाई संक्रामक रोगको परीक्षण र उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई पीपीई लगायत अत्यावश्यक पूर्वसावधानीका सामग्रीहरुको उपयोग गर्न, सरकारलाई त्यस्ता सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउन, कोरोना जाँचका सामग्रीहरु हरेक प्रदेशका मुख्य अस्पताल सहितका जिल्ला अस्पतालसम्म उपलब्ध गराउन, कोरोना संक्रमण देखिएका बिरामीका परिवारका सदस्य,साथीसंगी,उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी सबैको उचित निगरानीपूर्वक स्वास्थ्य परीक्षण र उपचार गर्न र संक्रमणको शंका भएका विरामीहरुलाई तुरुन्तै अस्पताल पुर्याएर प्रभावकारी परीक्षण तथा उपचारको सेवा उपलब्ध गराउन सरकारलाई अनुरोध गर्नुभएको छ ।

Share Now

Leave a comment.