Prakash Adhikari March 30, 2020

टोकिया(जापान), १७ चैत्र(एजेन्सी) । कोरोना भाइरस (कोभिड १९) को संक्रमणमा परेर जापानका एक नामूद हास्य कलाकार केन शिमुराको निधन भएको छ ।

केन कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएको बताइएको छ।
७० वर्षीय शिमुरालाई अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना गरिएको थियो । २३ मार्चमा उहाँको स्वास्थ्य परीक्षण गर्दा निमोनिया र कोरोना भाइरस पोजिटिभ देखिएको थियो।
सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट हास्य कलाकारको रुपमा परिचित शिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा (मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका) लगायतका भूमिकामा अभिनय गर्नुभएको थियो।

जापानमा हालसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन्।

Share Now

Leave a comment.