Prakash Adhikari April 6, 2020

 

काठमाडौं, २४ चैत्र । संसारभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० हजारको आसपास पुगेको छ।

कोरोनाभाइरसको घातक संक्रमणबाट आइतबार ४ हजार ७ सय ३७ जनाले जीवन गुमाएसंगै यसबाट मृत्यु हुनेको संख्या ६९ हजार ४ सय २४ पुगेको छ।

आइतबार कोरोनाका ७१ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ७२ हजार ८ सय ६१ पुगेको छ।

अहिलेसम्म कोरोना संक्रमित २ लाख ६ हजार ४ सय ८६ जना उपचारपछि निको भएका छन्। अहिलेसम्म विश्वका २ सय ८ देशमा यसको संक्रमण फैलिएको छ।

अमेरिकामा आइतबार कोरोना संक्रमणबाट १ हजार १ सय ६५ जनाको मृत्यु भएको छ। योसहित अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या ९ हजार ६ सय १६ पुगेको छ ।

आइतबार अमेरिकामा २५ हजार ३ सय १६ नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ६ सय ७३ पुगेको छ।

अमेरिकापछि आइतबार स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा हिजो एकै दिन ६ सय ९४ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म संक्रमणबाट १२ हजार ६ सय ४१ जनाको मृत्यु भइसकेको छ।स्पेनमा आइतबार ५ हजार ४ सय ७८ जनामा नयाँ संक्रमण देखिएको छ । यो सहित कोरोना संक्रमितको संख्या स्पेनमा १ लाख ३१ हजार ६ सय ४६ पुगेको छ ।

बेलायतमामा आइतबार एकैदिन कोरोना संक्रमणबाट ६ सय २१ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ४ हजार ९ सय ३४ पुगेको छ। बेलायतमा आइतबार एकैदिन ५ हजार ९ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै बेलायतमा संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ ।

इटालीमा आइतबार ५ सय २५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ। आइतबार इटालीमा ४ हजार ३ सय १६ जना नयाँ सक्रमित थपिएका छन् । त्यहाँ कूल संक्रमितको संख्या १ लाख २८ हजार ९ सय ४८ पुगेको छ।

त्यसैगरी आइतबार फ्रान्समा ५ सय १८ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ७८ पुगेका छ। आइतबार फ्रान्समा २ हजार ८ सय ८६ जनामा नयाँ संक्रमण देखियो । त्यहाँ संक्रमितको संख्या ९२ हजार ८ सय ३९ पुगेको छ ।

त्यसैगरी आइतबार कोरोना संक्रमणबाट बेल्जियममा १ सय ६४, इरानमा १ सय ५१,जर्मनीमा १ सय ४० , नेदरल्यान्डमा १ सय १५, टर्कीमा ७३, स्वीटजरल्यान्डमा र क्यानाडामा ४९ ।४९ तथा स्वीडेन २८ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १सय १७ पुगेको छ। हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ। त्यहाँ आइतबार एकैदिन संक्रमितको संख्या ७ सय थपिएको छ र कूल संक्रमितको संख्या ४ हजार २ सय ८८ पुगेकोे छ ।

कोरोना भाइरसको उद्गम मानिएको अर्को छिमेकी देश चीनमा आइतबार यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भयो । योसंगै चीनमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २९ पुगेको छ । त्यहाँ आइतबार ३० जनामा नया संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ८१ हजार ६ सय ६९जना यस घातक कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Share Now

Leave a comment.