Prakash Adhikari April 7, 2020

काठमाडौं, २५ चैत्र । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट सोमबार ५ हजार २ सय २१ जनाले जीवन गुमाएका छन् ।

योसँगै यस घातक रोगको संक्रमणबाट मृत्यु हुनेको संख्या  ७४ हजार ६ सय ५४ पुगेको छ।

कोरोना भाइरसको प्रकोपबारे तथ्यांक राख्दै आएको बल्र्डोमिटर डट कमका अनुसार विश्वभर संक्रमितको संख्या १३ लाख ४६ हजार ४ सय छ। सोमबार कोरोनाका ७३ हजार १ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्।

सोमबार कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी नागरिकले जीवन गुमाउने देशको शीर्षस्थानमा अमेरिका देखिएको छ । सो दिन कोरोना संक्रमणबाट १ सय २ सय ५५ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ३० हजार ३ सय ३१ जना नयाँ संक्रमित थपिएका छन्।

अहिलेसम्म अमेरिकामा मृतकको संख्या १० हजार ८ सय ७१ पुगेको छ भने कूल संक्रमित बिरामीको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ ।

सोमबार अमेरिकापछि फ्रान्समा कोरोनाको संक्रमणबाट धेरै जना बिरामीको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ८ सय ३३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ । सोमबार फ्रान्समा यस भाइरसका ५ हजार १ सय ७१ जना नयाँ बिरामी देखिएका छन् भने संक्रमितको संख्या ९८ हजार १० पुगेको छ ।

स्पेनमा हिजो एकै दिन ७ सयले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या १३ हजार ३ सय ४१ नाघेको छ । सोमबार स्पेनमा कोरोना भाइरसको संक्रमणमा परेका ५ हजार २९ बिरामी थपिएका छन् । स्पेनमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ।

सोमबार इटालीमा कोरोना संक्रमणबाट ६ सय ३६ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म यसको संक्रमणबाट साढे १६ हजार ५ सय २३ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ सोमबार कोरोना भाइरसका ३ हजार ५ सय ९९ जना नयाँ बिरामी भेटिएका छन् । हालसम्म इटालीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३२ हजार ५ सय ४७ पुगेको छ।

बेलायतमा सोमबार ४ सय ३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ५ हजार ३ सय ७३ पुगेको छ । सोमबार एकैदिन त्यहाँ ३ हजार ८ सय २ जनामा नयाँ संक्रमण देखिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट पीडित विरामीको संख्या बेलायतमा ५१ हजार ६ सय ८ पुगेको छ।

जर्मनीमा सोमबार कोरोना संक्रमणबाट २ सय २८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १ हजार ८ सय १० र संक्रमितको संख्या १ लाख ३ हजार ३ सय ७५ पुगेकोछ। सोमबार एकैदिन त्यहाँ ३ हजार २ सय ५२ जना नयाँ संक्रमित बिरामी भेटिएका छन् ।

त्यसैगरी सोमबार कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा १ सय ८५ जनाको मृत्यु भएको छ । यो सहित बेल्जियममा मृत्यु हुनेहरुको संख्या १ हजार ६ ३२ पुगेको छ । त्यहाँ एकै दिन १ हजार १ सय २३ जनामा नयाँ संक्रमण देखिएको छ । बेल्जियममा कूल संक्रमितको संख्या २० हजार ८ सय १४ पुगेको छ ।

जापानमा सोमबार ७ जनाले कोरोना भाइरसको संक्रमणका कारण जीवन गुमाएका छन् । त्यहाँ हालसम्म यसको संक्रमणबाट मर्नेको संख्या ९२ पुगेको छ । हिजो एकैदिन त्यहाँ २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखियो । जापानमा कुल संक्रमितको संख्या ३ हजार ९ सय ६ पुगेको छ । जापान सरकारले देशका मुख्य शहरहरु टोकियो र ओशाकामा आपत्काल लगाउने घोषणा गरेको छ ।

सोमबार यस घातक भाइरसको संक्रमणबाट इरानमा १ सय ३६, नेदरल्यान्डमा १ सय १, ब्राजिलमा ७८, स्वीडेनमा ७६, रोमानियामा २५, स्वीटजरल्यान्डमा ५०, टर्कीमा ७५, क्यानाडामा ४३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

नेपाललाई तीनतिरबाट घेरेको र खुला सीमानाले जोडिएको छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ। हिजो एकै दिन त्यहाँ १८ जनाको मृत्यु भएको छ। भारतमान संक्रमितको संख्या ४ हजार ७ सय ७८ पुगेको छ।

अर्को छिमेकी देश चीनमा सोमबार कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको खबर छ ।त्यहाँ हालसम्म यो भाइरसको संक्रमणबाट ३ हजार ३ सय ३१ जनाले जीवन गुमाएका छन् । सोमबार चीनमा ३९ जना नयाँ संक्रमित देखिएका छन । चीनमा हालसम्म यो भाइरसको संक्रमणमा परेकाहरुको संख्या ८१ हजार ७ सय ८ छ ।

 

Share Now

Leave a comment.