काठमाडौं,२८ चैत्र । सरकारले महावाणिज्यदूतहरुको मानका खातिर दिइएको कुटनीतिक सुविधा अन्तरगतका केही सहुलियतहरु खोस्ने निर्णय गरेको छ ।
केही महावाणिज्यदूतहरुले कुटनीतिक सुविधाको दुरुपयोग गर्दै अवैधानिक कार्य गरेको भेटिएकोले सरकारले यस्तो निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गदै सवारी साधानमा आधिकारीक प्रयोगको लागि दिइएको कुटनीतिक नम्बर प्लेट र राष्ट्रिय झण्डा राख्न पाउने सुविधानको दुरुपयोग भएकोले तत्कालै कार्यान्वयन हुने गरी यी सुविधा निलम्बन गरिएको जानकारी गराइएको छ ।

गत मंलगबार मात्रै नेपालका लागि किर्गिस्तानका महावाणिज्यदूत रहनुभएका सुलभ अग्रवाललाई कुटनीतिक प्लेटको गाडी प्रयोग गरेर थर्मल गनको कालोबारी गरेको आरोपमा सरकारले पक्राउ गरेको थियो ।
अर्को सूचना जारी नहुन्जेलका लागि अवैतनिक महावाणिज्य दूतले प्रयोग गर्ने गाडीमा यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।


















