लण्डन(संयुक्त अधिराज्य), ५ बैशाख । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वासप्रश्वासमा कठिनाइ देखिएपछि उहाँलाई गत मङ्गलबार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापा पछि बुटबल बसाइँसराइ गरेका थिए ।
पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिनुभएको छ ।
अध्यक्ष रेग्मीका अनुसार सन् २००९ देखि बेलायतमा श्रीमतीसहित बस्दै आएका थापाका जेठा सन्तान नेपालमै र कान्छा सन्तान बहराइनमा रहनुभएको छ ।
हालसम्म कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
न्यूयोर्कमा दुई नेपालीको मृत्यु
कोरोना संक्रमणमा परि अमेरिकामा थप दुई नेपालीको ज्यान गएको छ। बुधवार र बिहिवार गरी नेपालीको ज्यान गएको हो।
न्यूयोर्कमा नेपाली समुदायका सदस्य ४४ बर्षका पबन मल्ल र ७० बर्षका महेश अमात्यको निधन भएको नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जानकारी दिनुभएको छ ।