लण्डन(संयुक्त अधिराज्य),५ बैशाख (बीबीसी) । पहिलो मानव कोरोनाभाइरस पत्ता लगाउने महिला जुन अमेल्डा स्कटल्याण्डकी एक जना बस चालककी छोरी हुनुहुन्थ्यो ।
उहाँले १६ वर्षको उमेरमा विद्यालय जान छोड्नुभएकी अल्मेडा पछि भाइरसको पहिचान गर्ने विधाकी विख्यात व्यक्तित्व बन्नुभयो।
उहाँको कामको महत्त्व अहिले कोरोनाभाइरसको महामारी देखिँदा पुनःचर्चामा आएको छ।
कोभिड१९ नयाँ भाइरस हो तर यो सन् १९६४ मा लण्डनस्थित सेन्ट टमस हस्पिटलको प्रयोगशालामा सबैभन्दा पहिले डाक्टर अल्मेडाले पत्ता लगाउनुभएको कोरोनाभाइरसको एउटा प्रकार हो।
जुन हार्टका रूपमा सन् १९३० मा जन्मनुभएकी यी भाइरोलोजिष्ट उत्तरपूर्वी ग्लास्गो, स्कटल्याण्डमा हुर्किनुभएको थियो।
थोरै औपचारिक शिक्षा लिएकै बेला विद्यालय छाड्नुभएकी अर्नाल्डोले ग्लास्गो रोयल इन्फर्मरी नामक अस्पतालमा रोगको कारण पत्ता लगाउन शरिरको तन्तुको जाँच गर्ने हिस्टोप्याथोलोजी हेर्ने गरि ल्याब प्राविधिकको जागिर पाउनुभयो।
पछि आफ्नो करिअरलाई ध्यान दिँदै उहाँ लण्डन बसाइँ सर्नुभयो र त्यहाँ एक जना भेनेजुएलाका कलाकार एनरिक अल्मेडासँग सन् १८५४ मा बैबाहिक बन्धनमा बाधिनुभयो।
रूघाखोकीबारे अनुसन्धान
अल्मेडाको परिवार त्यहाँबाट आफ्नी सानी छोरीसहित क्यानडाको टोरन्टो सरेको थियो।
चिकित्साविज्ञान सम्बन्धी लेखक जर्ज विन्टरका अनुसार ओन्टेरियो क्यान्सर इन्स्टिच्युटमा डाक्टर अल्मेडाले इलेक्ट्रोन माइक्रोस्कोपको सहयोगमा आफ्नो असाधारण क्षमता विकास गर्नुभएको थियो।
अल्मेडाले विकास गरेको एउटा विशेष विधिका कारण एन्टिबडीको प्रयोग गरि भाइरसहरूलाई अझ प्रष्ट तस्वीरमा उतार्न सकियो।


माइक्रोस्कोपमा हेर्दा कोरोनाभाइरसमा कोरोना अर्थात् श्रीपेचजस्तो देखिन्छ
विन्टरका अनुसार उहाँको प्रतिभालाई संयुक्त अधिराज्यमा मान्यता दिँदै सन् १९६४ मा लण्डनस्थित सेन्ट टमस मेडिकल हस्पिटलमा काम गर्न बोलाइयो।
त्यही अस्पतालमा हालै कोरोनाभाइरसबाट सङ्क्रमित ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको उपचार गरिएको थियो।
फर्किएपछि अल्मेडाले विल्टसायर सल्सबरीमा रहेको रूघाखोकी सम्बन्धी इकाइमा अनुसन्धान गर्दै आएका डाक्टर डेभिड टिरेलसँग सहकार्य गर्नुभयो।
विन्टरका अनुसार डाक्टर टिरेलले स्वयम्सेवकहरूको सहयोगमा नाकबाट निस्कने पदार्थ (सिगान)को अध्ययन गरिरहनुभएको थियो र सबै त होइन तर निकै धेरै प्रकारका रुघाखोकीसँग सम्बन्ध भएका भाइरस प्रयोगशालामा उत्पादन गर्न सफल हुनुभएको थियो।
सन् १९६०मा सरेस्थित एउटा बोर्डिङ स्कूलका विद्यार्थीको नाकको पदार्थबाट उब्जाइएको एउटा नमुना विशेष खालको निस्क्यो जसलाई पछि बी ८१४ भनियो।
उनीहरूले स्वयम्सेवकहरूमा रूघाखोकीको लक्षण सार्न सकिएको थाहा पाए तर त्यसलाई प्रयोगशालामा उमार्न वा सङख्या बढाउन सकेनन्।
तर ती भाइरसको मानव अङ्गमा गरिएको परीक्षणमा वृद्धि भएको देखियो। त्यसपछि डाक्टर टिरेलले इलेक्ट्रोन माइक्रोस्कोपबाट त्यो देख्न सकिन्छ कि सकिँदैन भन्ने जान्न चाहना राख्नुभयो।
उनीहरूले उक्त नमुना जुन अल्मेडालाई पठाए। अल्मेडाले परीक्षणका लागि पठाइएको बस्तुमा भाइरस देख्नुभयो। जसलाई उहाँले ती भाइरस इन्फ्लुएन्जा भाइरस जस्तै भएको तर पूर्ण रूपमा उस्तै नभएको निष्कर्ष निकाल्नुभयो।
अल्मेडाले गरेको पहिचान नै पछि गएर पहिलो मानव कोरोनाभाइरस भनेर चिनियो।
अनुसन्धान अस्वीकृत
विन्टर भन्नुहुन्छ, डाक्टर अल्मेडाले यस्ता सुक्ष्म जीव विगतमा मुसामा हेपाटाइटिस र चल्लाहरूमा सङ्क्रामक ब्रोङ्काइटिशको अध्ययन गर्दा देख्नुभएको थियो।
विन्टरका अनुसार समकक्षी सहकर्मीहरूले समीक्षा गरी लेख प्रकाशन गर्ने एउटा जर्नलमा उहाँले पठाएको अनुसन्धानात्मक लेख, ूसमिक्षकहरूले उनले प्रस्तुत गरेका तस्वीरहरू एन्फ्लुएन्जाका भाइरसकै खराब वा नराम्रा तस्वीर भनेकालेू अस्वीकृत भएको थियो।
बी८१४ नामक नयाँ भाइरस पत्ता लागेको कुरा सन् १९६५ मा ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित भयो। र त्यसको दुई वर्षपछि उहाँले शुरूमा देखेको तस्वीर जर्नल अफ भाइरोलोजीमा प्रकाशित भयो।
विन्टरका अनुसार डाक्टर टेरिल र डाक्टर अल्मेडा अनि सेन्ट टमसका इन्चार्ज प्राध्यापक टोनी वाटरसनले उक्त भाइरसलाई कोरोनाभाइरसको नामाकरण दिनुभएको थियो। भाइरसको चित्रमा देखिएको मुकुट वा घेराका कारण यस्तो नाम दिइएको थियो।
डाक्टर अल्मेडाले पछि लण्डनस्थित पोष्टग्रयाजुएट मेडिकल स्कूलमा अध्ययन गरि डक्टरेटको उपाधि पाइन्।
आफ्नो पेशागत जीवनको अन्त्य उनले वेलकम इन्स्टिच्युटमा गरिन् जहाँ भाइरसको तस्वीरसँग जोडिएका कैयौँ सर्वाधिकार उनकै नाममा राखिएको थियो।
त्यसपछि उहाँ योगा शिक्षिका बन्नुभयो तर फेरी सल्लाहकारका रूपमा सन् १०९८०को अन्त्यतिर भाइरसकै अनुसन्धानमा फर्कनुभयो। त्यसै क्रममा उहाँले एचआइभी भाइरसको नयाँ तस्वीर लिन मद्दत गर्नुभयो।
सन् २००७ मा ७७ वर्षको उमेरमा जुन अल्मेडाको निधन भयो।
मृत्युभएको १३ वर्षपछि विश्वभरी महामारीका रूपमा फैलिएको एउटा भाइरसलाई बुझ्न मद्दत गर्ने आफ्नो कामका लागि उहाँले अन्ततः सम्मान पाइरहनुभएको छ।








