लण्डन(संयुक्त अधिराज्य) १२ वैशाख । कोरोनाभाइरसको संक्रमणमा परेर बेलायतमा थप तीन जना नेपालीले जीवन गुमाएका छन् ।
पछिल्लोपटक जीवन गुमाउनेमा गोपाल गुरुड.,निना नाछिरिड. राई र हंशराज लिड.देनको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण देखिएपछि दुई साताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल गुरुड.को उपचारका क्रममा मृत्यु भएको हो।
बसाईसराईपछि भारत पुग्नुभएका प्युठानका गुरुङ पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतमा बस्न दिने निर्णय भएपछि लण्डन आउनुभएको हो ।
आफ्ना छोरी ज्वाइँलाई समेत बेलायत ल्याउन आर्थिक हिसाबले सजिलो होस् भनेर पछिल्लो समय उहाँ पूर्णकालीन काममा संलग्न हुनुहुन्थ्यो ।
त्यसैगरी खोटाङ घर भई हाल बेलायतको ननिटनमा बस्ने ३३ वर्षीया बीमा नाछिरिङ राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।
उपचारका क्रममा जर्ज इलिट अस्पतालमा उहाँको मृत्यु भएको हो। पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी गत वर्ष मात्र नेपालबाट बेलायत आउनुभएको थियो।
त्यस्तै बेलायतको रेडिङ शहरमा बस्दै आउनुभएका ६५ वर्षीय हंशराज लिङ्देनको उपचारका क्रममा रोयल बर्कसायर अस्पतालमा मृत्यु भएको छ ।
तीन साताअघि अस्पताल भर्ना हुनुभएका लिड.देनलाई तीन दिन पहिला मात्रै कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो।
लिङ्देल १४ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आउनुभएको थियो ।
पछिल्ला तीन घट्नासहित अहिलेसम्म बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या २१ पुगेको छ।
ब्रिटिस गोर्खा सैनिकमा सेवा गरेकाहरु र तिनको आश्रितलाई बेलायतमा स्थायी बसोबास गर्ने निर्णय भएपछि बेलायतमा नेपाली मूलका नागरिकको बसोबास बढ्न गएको हो ।