Prakash Adhikari April 25, 2020

काठमाडौं, १३ बैशाख । नेपाल पर्यटन बोर्डले १ हजार पर्यटन मजदुरलाई तत्काल काम दिने गृहकार्य सुरु गरेको छ ।

नेपाल पर्वातारोहण संघ (एनएमए) र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) सक्रियतामा बोर्डले यस क्षेत्रका मजदुरलाई रोजगारी सिर्जना गर्न लागेको हो ।

कोरोना भाइरसका कारण मुलुक लकडाउनमा परेपछि यस क्षेत्रमा दैनिक ज्याला मजदूरी गर्नेको रोजगारी गुमेपछि पर्यटन व्यवसायीहरूको छाता संस्था टान र एनएमएले हिमाल तथा पर्यटकीय पदयात्रा सफाइ तथा मर्मत एवम् सम्पदा सर–सफाइमा तत्कालका लागि रोजगारी सिर्जना गर्न सक्ने सुझाव सरकारलाई दिएका थिए ।

Welcome || Nepal Mountaineering Association

एनएमएका अध्यक्ष सन्तवीर लामाले पर्यटन बोर्डले गरेको सर्वेक्षण फर्म र संस्थाकातर्फबाट सुझाव दिँदा यसो गर्न सकिए तत्काल अप्ठ्यारोमा परेका पर्यटन मजदुरलाई राहत मिल्ने बताउनुभयो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदील पर्वतीय पर्यटनमा आश्रित मजदुर, गाइड, भरियासहितको लाखौंका जनशक्ति बेरोजगार बनेको बताउँदै केही रोजगारी खोज्ने विकल्पमा हिमाल सफाई तथा पर्यटकीय पदमार्ग मर्मतसभार र सफाई गर्ने योजना अघि बढाइएको बताउनुभयो ।

पर्यटन क्षेत्रमा रहेका दक्ष कामदारलाई यो विषम परिस्थितिमा राहत दिने गरी बोर्डले रोजगारी सिर्जनाका लागि पहल सुरु गरेको हो ।

बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गरेर एक हजार जनालाई रोजगारी दिने छलफल अघि बढाइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले बताउनुभयो ।

‘यस विषयमा यूएनडीपीसँग छलफल भइरहेको छ,’ रेग्मीले भन्नुभयो यदि सम्झौता भयो भने तत्काल पर्यटन क्षेत्रका एक हजार मजदुरले काम पाउने छन् ।’

यसले उहाँहरूलाई केही राहत पनि मिल्ने छ । सरकारले प्रधानमन्त्री कृषि कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कोष, सहकारीमार्फत स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने कार्यलाई अघि बढाएको छ ।

Cleaning Up Everest: UIAA Mountain Protection Award

यूएनडीपीसँगको प्रारम्भिक छलफलअनुसार क्षेत्रगत रुपमा मजदुरहरूलाई हिमाल सरसफाइ, पदमार्ग निर्माण, काठमाडौंका सम्पदा सरसफाइ र नदी सरसफाइका लागि मजदूर परिचालन गरिनेछ ।हिमाल आरोहणमा संलग्नले पर्यटकी मजदुरलाई हिमाल सरसफाइ, पदयात्राका मजदुरले पदमार्ग निर्माण, टुरिष्ट गाइडको काम गर्नेले सम्पदा सरसफाइ र ¥याफ्टिङ पेसामा आबद्घले नदी सरसफाइमा काम गर्न लगाउने प्रारम्भिक छलफल भएको छ ।

कोभिड १९ का कारण सम्पूर्ण पर्यटन क्षेत्र प्रभावित भएकाले पर्यटन मजदुर बेरोजगार बनेका छन् । यस्तै पर्यटन क्षेत्रमा कति जनशक्ति कार्यरत छन् र तिनलाई कसरी व्यवस्थापन गर्ने सम्बन्धमा संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल भइरहेको बोर्ड र व्यवसायी संघ संस्थाले बताएको छ ।

पर्यटन क्षेत्रको यथार्थ तथ्य संकलनका लागि बोर्डले अनलाइन सर्वेक्षण सुरु गरेको पनि गरेको छ । पर्यटन क्षेत्रमा तत्काल करिब १० हजार मजदुर बेरोजगार भएको अनुमान गरिएको छ ।

Share Now

Leave a comment.