Prakash Adhikari April 29, 2020

 

बीरगञ्ज(पर्सा), १७ बैशाख । बारा र पर्सा जिल्लामा ३ जना कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको उनीहरुको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

नारायणी उपक्षेत्रीय अस्पताल, वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि गनुभएको छ।

डा. उपाध्यायका अननुसार बाराका दुइ र पर्साका एक जनामा कोरोना पोजिटिभ देखिएको छ र उनीहरुलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भैरहेको छ । भारतबाट डेढ महिनाअघि आएका उनीहरु क्वारेन्टाइनमा राखिएको थियो ।

हाल कोरोनाभाइरस संक्रमण देखिएका तीनै जना यसअघि वीरगन्ज–१६ का कोरोना संक्रमितसँगै दिल्लीको फर्किएको बताइएको छ ।

बुधबार भेटिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।

संक्रमितमध्ये १५ उपचारपश्चिात निको भएर घर फर्किसकेका छन्।

Share Now

Leave a comment.