काठमाडौं, २९ बैशाख । नेपालले दावी गर्दै आएको भूमि लिपुलेकमा भारतले एकपक्षीय रुपमा बनाएको मोटरबाटोको विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली कांग्रेस भत्सर्ना गरेको छ ।
सो विरोध प्रदर्शनीमा प्रहरीले हस्तक्षेप गरी नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, वलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सय भन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेको थियो । गिरफ्तार भएका नेपाल विद्यार्थी संघका नेताहरुलाई महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।
नेपाली कांग्रेसले गिरफ्तार विद्यार्थी नेताहरुको रिहाईको माग गर्दै लिपुलेक प्रकरणमा उच्च स्तरिय कुटनैतिक पहल मार्फत गम्भीर बन्न सरकारलाई अपिल गरेको छ ।