Prakash Adhikari May 12, 2020

लण्डन(संयुक्त अधिराज्य), ३० बैशाख । कोरोनाभाइरसका कारण विश्वभर रहेका नेपालीहरुमा ८७ जनाको मृत्यु भएको छ। गैर आवासिय नेपाली संघ (एनआरएनए) अन्तर्गत रहेको स्वास्थ्य समिति र बेलायती राजदूताबासको अभिलेखबाट सोको पुष्टि भएको हो ।

बेलायतस्थित नेपाली राजदूताबासले हालसम्म त्यहाँ कोरोनाभाइरस संक्रमणबाट ६० जना नेपालीले जीवन गुमाएको बताएको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवारसम्मको अभिलेख सार्वजनिक गर्दै संयुक्त राज्य अमेरिकामा १५ जनाले जीवन गुमाएको उल्लेख गरेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

कोरोनाभाइरसको घातक संक्रमणबाट संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्ड , जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनु भएको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको लन्डनस्थित नेपाली दूतावासले सोमबार पुष्टि गरेको छ।

विदेशमा कोरोनाबाट नेपालीको मृत्यु भएको यो नै सबैभन्दा धेरै संख्या हो।

दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले दिनहुँ नेपालीको मृत्युको खबरले स्तब्ध बनाएको बताउदै मृतकका परिवारप्रति दूतावासको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ

कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरुको संख्या बढी छ। दूतावासका अनुसार मृतक ६० मध्ये ४९ जना गोरखा भूतपूर्व सैनिक र तिनका परिवारका छन्। त्यस्तै मृत्यु भएकामध्ये ५० जना पुरुष र १० जना महिला छन्।

कोरोना भाइरसका कारण गएको हप्ता थप १२ जना गैरआवासीय नेपालीले ज्यान गुमाए । ज्यान गुमाउनेहरुको संख्यामा युके ९ तथा स्वीडेन,बहराइन र युएईमा एक एक जना थपिएका छन् ।

संयोजक डा .सञ्जीव सापकोटाका अनुसार विश्वभर ५ हजार ५ सय ८१ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ ।

सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, , साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्ेलियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

एनआरएनएले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर)मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवकहरु राहत वितरणमा सकृय रहेका छन् ।

३५ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधी आदि) प्राप्त गरेको संघले जनाएको छ ।

एनआरएनएले विभिन्न देशमा संचालित २४ सैं घण्टा हटलाईन सेवामार्फत ३६ हजार भन्दा बढी नेपालीहरुले वन टु वट परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगार, नेपाल फर्किने आदि०्) लिएको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भए लगत्तै संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरिय समिति गठन गरेर विश्वमा छरिएका नेपालीको हितमा काम थालेको थियो ।

स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्था द्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर साप्ताहिक विवरण सार्वजनिक गर्ने गरेको छ ।

Share Now

Leave a comment.