Prakash Adhikari May 12, 2020

 

काठमाडौं, ३० बैशाख । नेपालमा एकै दिन कोरोनाभाइरसको संक्रमणमा परेका ७४ बिरामी थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको थियो भने साँझ थप १७ मा कोरोनाभाइरस पुष्टि भएको जानकारी दियो।

साँझ संक्रमित पुष्टि भएका बिरामीहरुको स्वाब प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएको हो।

मन्त्रालयले मंगलबार १ सय ९१ जनाको स्वाबको नतिजा घोषणा गरिएको र साँझ साढे ५ बजे घोषणा भएका ३० जनाको स्वाव रिपोर्टमा१७ को पोजिटिभ देखिएको बताएको छ। मन्त्रालयका अधिकारीहरुले थप १ सय २० जनाको नमूना परीक्षण भइरहेको जनाएको छ। त्यसको रिपोर्ट आएपछि औपचारिकरुपमा पुन जानकारी गराइने मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ।

मंगलबार दिउँसो यसअघि ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

दिउँसो भेटिएका संक्रमितहरु कपिलवस्तु, रुपन्देही, पर्सा र बाराका थिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनाको रिपोर्ट पोजिटिभ आएको थियो।

सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो।

नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ८ जना पुगेको छ।

Share Now

Leave a comment.