Prakash Adhikari May 15, 2020

काठमाडौं, २ जेठ । नेपालमा थप नौ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २ सय ५८ पुगेको छ।

शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार मकवानपुरका एकजना ३६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ भने बाँकी आठ जना बाँके जिल्लाको नैनापुरका हुन्। उनीहरु सबै पुरुष रहेको थाहा भएको छ ।

उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो।

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

बिहिबार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो काठमाडौं दहचोकका ७ वर्षीय बालक, जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अपराह्ण सङ्क्रमण पुष्टि भएका व्यक्ति नवलपरासी -बर्दघाट(सुस्तापूर्व)को देवचुली नगरपालिकाका ४९ वर्षीय पुरुष हुन्। यो गण्डकी प्रदेशमा पर्छ।

भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ती व्यक्ति भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल भित्रिएर बुधवार जाँचका लागि आएका थिए।

उनलाई कोरोनाभाइरस उपचारका भरतपुरमा बनाइएको विशेष अस्पतालमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

Share Now

Leave a comment.