Prakash Adhikari May 16, 2020

काठमाडौं, ३ जेठ । कोरोना भाइरस संक्रमणको नमूना परीक्षणका क्रममा शनिबार बिहान थप ९ जनालाई यस भाइरसको संक्रमण पुष्टि भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ सय ७६ पुगेको जनाएको छ ।

मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी पुरुषहरु रहेका छन् ।उनीहरु क्रमस २५, ३४ र ४४ वर्ष उमेरका छन् ।

आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा पनि ६ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका( ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका( १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा ८ , पर्सामा ४, दाड.मा ३ तथा उदयपुर, काठमाडौंमा र मकवानपुरमा एक एक कोरोना भाइरस संक्रमित भेटिएको विवरण सार्वजनिक गरेको थियो ।

मन्त्रालयले हालसम्म कुल ८७ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६३ हजारभन्दा बढी र पिसिआर विधिमार्फत करिब २४ हजार जनाको परीक्षण गरेको हो।

नेपालमा कोरोनाको उपचारपछि निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ।

अन्य संक्रमितको भने देशका विभिन्‍न अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ।

Share Now

Leave a comment.