काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र निर्वाचनको समीक्षा गर्ने उद्देश्यले माघ २८ र २९ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ ।
दलका महासचिव भूपेन्द्रजंग शाहीले सोमबार जारी गरेको विज्ञप्तिमा दलको सांगठनिक अवस्थालाई मजबूत बनाउने र भावि रणनीति तयार गर्नका लागि उक्त भेलाको आयोजना गरिएको बताइएको छ । भेलामा प्रशिक्षण कार्यक्रम पनि रहेको छ ।