Prakash Adhikari May 28, 2020

 

काठमाडौं, १५ जेठ । ‘ए कान्छा ठट्टैमा’, ‘आँखाको भाका’, ‘बिछोडको पीडा’ जस्ता कालजेयी गीतका सर्जक कवि तथा गीतकार रत्नसमशेर थापाको बिहिबार दिउँसो निधन भएको छ । संगीतकार महेश खड्काले उहाँको बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभएको छ ।

उहाँ ८३ बर्षका हुनुहुन्थ्यो ।

सन १९३९ मा काठमाडौंमा जन्मनु भएका स्वर्गीय थापाले नेपाली नेपाली साहित्य र संगीत क्षेत्रमा कविता र कालजेयी गीतहरुको सिर्जनामार्फत महत्वपूर्ण योगदान दिनुभएको छ ।

आँखाको भाखा,ए कान्छा ठट्टैमा,एक मुठी चामल,गाजलु आँखा,गोरेटो त्यो गाउँको,घुम्तीमा नआऊ है,छल्कीरहेछ, जूनको प्रित,जाग लम्क लम्क हे,बिछोडको पीडा नसकी खप्न,भो भो नसोध मधुमासको,मौन छु आँशु पिई,रम्दैन यो दिल,सल्किन्छ यो नगरमा,सेरो र फेरो,स्वर्गकी रानी र हे कुञ्जमा जस्ता कालजेयी गीतहरु दिएर नेपाली साहित्य र कला क्षेत्रलाई समृद्ध बनाउनुभएका अद्धितीय प्रतिभाका धनी थापाका ताराका काँचा रङ्ग, अभिलाषा,एक जोर आँखा मुर्दाको पाखामा,नाटक अवसानको बेला, वैंश फुटी रहेछ ढुंगाको, काईमा चिप्लेर,भुत्ते बन्चरो,रत्नशमशेर थापाका ८ हाइकु,रत्नशम्शेर थापाका तीन तङ्काहरु,रत्‍न शमशेर थापाको मुक्तक, चक्लाभरिको घाम,  लगायत कवितासङ्ग्रह र ओभानो सिउँदो, रुझेका परेला लगायतका गीतिसंग्रह प्रकाशित छन् ।

आठ दशकभन्दा लामो जीवनकालमा गीतकार तथा कवि थापा देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ. एम.), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि पुरस्कारबाट पुरस्कृत र सम्मानित हुनुभएको थियो ।

Share Now

Leave a comment.