काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष २०७७ । ७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ ।
मुलुक कोरोना भाइरसको विश्वव्यापी महामारीबाट त्रसित भएर लकडाउनमा परेको र आर्थिक गतिविधिहरु लगभग ठप्प प्रायः भएको समयमा आएको यो बजेटको आकार नेपाली कांग्रेसको विशेष आर्थिक समितिले सुझाए अनुरुप विगतको भन्दा आकार घटेर आएको छ । कोरोना भाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई जोगाउन स्वास्थ्य सेवाका पूर्वाधार निर्माण र सेवाको स्तर प्रभावकारी बनाउने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको यो बजेटले आर्थिक पुनरुत्थानका कार्यक्रममा पनि त्यतिकै जोड दिएको छ । बैदेसिक रोजगारीबाट फर्कने नेपालीहरुलाई कृषि, निर्माण र उद्योग क्षेत्रमा लगाउने कार्यक्रम सहित ल्याइएको भनिएको बजेट कस्तो छ ? हेर्नुहोस् यसको पूर्ण पाठ : आर्थिक बर्ष २०७७/७८ को बजेट बक्तव्य


















