Prakash Adhikari May 29, 2020

काठमाडौं, १६ जेठ । विश्वव्यापी कोरोना भाइरसको संक्रमणको महामारीबाट सबैभन्दाबढी प्रभावित क्षेत्र हो, पयर्टन । अन्तराष्ट्रिय र आन्तरिक हवाई सेवा, सडक यातायात सबै बन्द भएको नेपालको पर्यटन व्यवसाय पनि कोरोना भाइरसको संक्रमणबाट अत्यन्त प्रभावित भएको छ । पर्यटनमा निजी क्षेत्रको ठूलो लगानी भएकोले यस क्षेत्रले राहत र पुनरुत्थानको लागि भरपर्दो राहत प्याकेज पनि माग गरेको थियो । तर बजेटमा भने खोजे जस्तो न राहत प्याकेज आयो न पुनरुत्थान कार्यक्रम नै । अर्थमन्त्री डा. खतिवडाले बजेटमा सिंगो पर्यटन क्षेत्रका लागि कस्ता कार्यक्रम ल्याउनुभयो त, एक झलक :

  • कोरोना संक्रमण जोखिमको कारण विश्वव्यापी रूपमा आवागमन अवरुद्ध भई पयर्टन क्षेत्रमा परेको नकारात्मक प्रभावलाई मध्यनजर राखी हवाइ सेवा, होटल, ट्राभल, रेष्टुरेन्ट, ट्रेकिङ, पवर्तारोहण लगायतका सेवा क्षेत्रको पुनरुत्थान गर्न कर, शुल्क, ब्याज लगायतका सुविधाको व्यवस्था गरिनेछ।
  • एक प्रदेश एक पयर्टकीय गन्तव्य अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पयर्टकीय पूवार्धार विकास गरिनेछ। निजी क्षेत्र
    समेतको सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पयर्टनका सम्भावना पहिचान गरी पयर्टक आकषर्ण गर्न मौलिक संस्कृतिको विकास र प्रबर्धर्न गर्न पयर्टन पूवार्धारका लागि रु. १ अर्ब २६ करोड बजेट व्यवस्था गरेको छु।
  • कोरोना संंक्रमणको जोखिम नियन्त्रण हुनासाथ पयर्टन क्षेत्रलाई शीघ्र पुनस्थापत गर्न पर्वतीय, कृषि, ग्रामीण, जलयात्रा,सांस्कृतिक, मनोरञ्जन, खेल, स्वास्थ्य तथा पर्यापर्यटन लगायतका नयाँ पयर्टकीय सेवा विस्तार गर्न आवश्यक पूवार्धार विकास गरिनेछ।
  • पयर्टक आगमन, पदयात्रा, हिमाल आरोहण र उद्धारलाई थप  व्यविस्थत एवं सुरिक्षत बनाउन नवीन पयर्टक सूचना व्यवस्थापन प्रणाली लागू गरिनेछ। पयर्टन क्षेत्रमा अध्ययन र अनसुन्धान गर्न मानित पयर्टन विश्वविद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन गरिनेछ। माध्यमिक तह भन्दा माथिको पाठ्यक्रममा पयर्टन विषय समावेश गरिनेछ।
  • पशुपति , जनकपुर र मुक्तिनाथ सहित अन्य मठ, मन्दिर, गुम्बा तथा चचुराु, नदी, ताल र कुण्ड लगायतका धार्मिक तथा पयर्टकीय क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। नेपालएकीकरणको इीतहाससंग जोडिएका गढी, किल्ला र बाटोको संरक्षण गदैै देशभरका सांस्कृतिक र ऐतिहासिक क्षेत्रलाई सांस्कृतिक एवं पयर्टकीय गन्तव्यको रूपमा विकास गरिनेछ।
  • रारा ताल क्षेत्रको दीघर्कालीन विकासको लागि गुरुयोजना तयार गरी कायार्न्वयन गरिनेछ। पहाडी र हिमाली क्षेत्रका सम्भाव्य पयर्टकीय स्थललाई सुविधायुक्त हिल स्टेसनको रूपमा विकास गर्न पूवार्धार विस्तार गरी पयर्टन प्रबर्धन गरिनेछ। आन्तरिक पयर्टन प्रवर्धन गरी शिथिल पयर्टन क्षेत्रलाई पुनर्जागृत गर्नकोरोनाको जोखिम समाप्त भएसँगै राष्ट्रसेवक कमर्चारी तथा संगठित संस्था र निजी क्षेत्रका कमर्चारीलाई समेत गर्न प्रोत्साहित गरिनेछ।
Share Now

Leave a comment.