Prakash Adhikari January 23, 2018

इटहरी(सुनसरी), ८ माघ । नेपाल आर्मी क्लब मदन भण्डरी स्मृति इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा आर्मीले भुटानी क्लब ड्रुक स्टारलाई शून्यकाविरुद्ध ५ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

आर्मीको जितमा पदम तामाङले २० औं र ४० औं मिनटमा दुई गोल गरे भने वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका दिनेश हेन्जनले ६१ औं र ७९ औं मिनटमा दुई गोल गरे । त्यस्तै थप एक गोल टंक बस्नेतले खेलको ७५ औं मिनटमा गरे ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्र्पोटिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल ८ टोलीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुनेछ भने विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।

Share Now

Leave a comment.