Prakash Adhikari June 2, 2020

काठमाडौं, २० जेठ ।आफ्नो दुई बर्षे कार्यकालको पहिलो इनिड.मा स्वच्छ छवि बनाएर सांसद नभएरै अनिश्चित समयका लागि दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी पाउनु भएका डा.युवराज खतिवडा यसपटकको बजेट निर्माणका क्रममा विवादमा पर्नुभएको छ ।

उहाँले सरकारको तर्फबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा आफूसंग निकट ब्यापारिक घराना र आफ्नै सुपुत्रलाई फाइदा हुने गरी नीतिगत निर्णय गराएको रहस्योद्घाट्न भएको छ ।

अर्थ मन्त्रालय सूत्रका अनुसार उहाँले नेपाल भित्रिने चकलेटमा आयात कर घटाउनुभएको छ । नेपाली बजारमा आयातित चकलेटको नेपाली बजारको ठूलो हिस्सा झण्डै ७० प्रतिशत उहाँका ब्यापारिक साझेदार विशाल ग्रुपको रहेको बताइन्छ ।

विशाल ग्रुपले पोटेक्ट एण्ड गेम्बलर, डायजियो, युनाइटेड विस्कुट,टेवास्को,मोइट एण्ड हेनेसी,मेन्थोलाटम,ओरियन लगायतका कम्पनीबाट उत्पादित चकलेटहरुको बिक्री बितरण गर्ने गर्दछ ।

रेनल्ट,सुजुकी, एमजी मोटर,माज्दा,भिडोल,कोबेल्को,फक्सवागन जस्ता विदेशी गाडीहरुको नेपालको एजेन्ट रहेको विशाल ग्रुपलाई नेपालमा विद्युतीय सवारी साधानको आयातमा कर बढाएर उहाँले अर्को ठूलो गुन लगाउनु भएको छ ।

देशमा विद्युत उत्पादन बढेको र आन्तरिक खपत बढाउदै पेट्रोलियम पदार्थको आयात विस्थापित गर्न विद्युतीय सवारी साधनको आयातलाई सहुलियत दिने नीति अंगीकार गरिदै आएको बेलामा उहाँले विद्युतीय सवारी साधनमा ८० प्रतिशत आयात महसूल लगाएर स्वच्छ उर्जा र स्वच्छ वातावरणको क्षेत्रमा काम गर्ने सबैको मन कुड्याउनु भएको छ ।

देशको वृहत्हित सोच्नेहरुको मन कुड्याए पनि यसको ब्यापारिक लाभ लिने अवसरबाट उहाँले आफ्ना व्यापारिक साझेदारलाई भने वञ्चित हुन दिनुभएन । बजेटमा यस्तो प्रावधान हाल्न उहाँलाई सहमत गराउने विशाल ग्रुपका अशोक अग्रवालले बजेटभाषण हुनुभन्दा दुईदिन अगाडिदेखि बजेट भाषण भएको जेठ १५ गतेसम्म १ सय २२ थान यस्ता सवारी भित्र्याएर ३ दिनमा ५५ करोडभन्दा बढी कमाउने मौका उहाँले दिनुभएको थियो ।

कोरोनाको संक्रमणका कारण विश्वब्यापी फैलिएको महामारी र त्यसलाई रोक्न लगाइएको लकडाउनका कारण देशको अर्थतन्त्रमा पर्ने संकट र आउनसक्ने खाद्यसंकटबाट मुलुकलाई जोगाउन कृषि क्षेत्रलाई सहुलियत दिने नीति लिने नीति तथा कार्यक्रम विपरीत किसानले प्रयोग गर्ने रसायनिक मलमा कर बृद्धि गर्नुहुने अर्थमन्त्री डा. खतिवडाले पेट्रोलियम पदार्थमा करको दर बढाएर नेपाली उपभोक्ताको ढाडै सेक्नुभएको छ ।

अर्थमन्त्री डा. खतिवडालाई आफ्नो दोस्रो इनिड.मा सुपुत्रलाई विकास आयोजनाको एजेन्ट (दलाल) बनाएर पोषेको आरोप पनि लागेको छ । सिमराको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि छानिएको जुरिच एअरपोर्टको स्थानीय प्रतिनिधिको रुपमा तिलक खतिवडा परिचालित हुनुभएको बताइन्छ ।

Share Now

Leave a comment.