Prakash Adhikari June 3, 2020

 

काठमाडौं, २१ जेठ । नेपालमा बुधवार थप एक जना कोरोनाभाइरसका कारण मृत्यु भएको र थप २ सय १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको छ।

सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १ सय ७९ जना पुरुष रहेका छन्।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा बुधवार मृत्यु भएको डा. देवकोटाले जानकारी दिनुभयो ।

कर्णालीमा चार महिने बालकलाई सङ्क्रमण

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्।

प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो।

थप सङ्क्रमितमध्ये कालीकोटका महावै गाउँपालकिा वडा नम्बर ४ का चार महिने बालक पनि रहेको बताइएको छ।

कोरोनाभाइरस

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ४१ जना पुरुष र तीन जना महिला गरी कुल ४४ जना व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तीमध्ये सप्तरीमा १ जना, धनुषामा १ जना, महोत्तरीमा ९ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना र पर्सामा ७ रहेको बताइएको छ। पुष्टि भएका सबै सङ्क्रमितहरू भारतबाट आएको बताइएको छ।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण


१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम

स्रोतस् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

Share Now

Leave a comment.