Prakash Adhikari June 7, 2020

काठमाडौं, २५ जेठ । विश्वका सर्वोेच्च शिखरसहित ८ हजार मिटरमाथिका १४ वटा सहित ३ हजार ३ सय १० हिमशिखर रहेको नेपालको पर्वतीय क्षेत्रको वातावरण अत्यन्त संवेदनशील रहेको  र त्यसको संरक्षणमा स्थानीय सहभागितामा सामूहिक प्रयास गरिनु अपरिहार्य भएको विज्ञहरुले बताएका छन् ।

विश्व वातावरण दिवस जुन ५ को अवसरमा शुक्रबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण सचिव डा. विश्वनाथ ओलीले सो कुरा बताउनुभएको हो ।

नेपालको पर्वतीय क्षेत्रको जनजीवन, जैविक विविधता र वातावरणको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘पर्वतीय क्षेत्रका वासिन्दाहरुको जनजीवन कष्टकर छ । उनीहरुको जीवनस्तर उकास्नका लागि हरसंभव प्रयास गरिनु पर्दछ तर त्यसो गर्दा त्यहाँको प्राकृतिक वातावरण र जैविक विविधतालाई पनि ख्याल गरिनु पर्दछ । प्रकृतिसंग जुधेर हैन,मिलेर जीवनस्तर सुधारका प्रयास खोज्यौ भने कम मानवीय क्षति हुनेछ र हाम्रा विकास प्रयासहरु पनि दिगो हुनेछन् ।’

Image may contain: 2 people, people sitting and indoor

 

सचिव डा. ओलीले नेपालकोर पर्यटन पनि वन, प्रकृति,सांस्कृतिक र ऐतिहासिक सम्पदामा निर्भर रहेको बताउदै भन्नुभयो, ‘नेपाल आउने पर्यटकहरु मध्ये ६० प्रतिशतले संरक्षित क्षेत्रको भ्रमण गरेको देखिन्छ । यसैले पर्यटन क्षेत्रले जैविक विविधता संरक्षणमा बढी ध्यान दिनुपर्दछ ।’

संयुक्त राष्ट्र संघले यस बर्ष विश्व वातावरण दिवसको नारा जैविक विविधताको सम्मान गरौं भन्ने राखेको थियो भने नेपालले सुरक्षित जीवनका लागि जैविक विविधता भन्ने राखेको थियो ।

विश्वमा आएको जलवायु परिवर्तनको असर पनि नेपालमा परेको उल्लेख गर्दै सचिव डा. ओलीले भन्नुभयो, ‘ग्रीन हाउस ग्यास अन्तरगतका ग्यास उत्पादनमा नेपालको योगदान नगन्य(०.०२७ प्रतिशत) रहे पनि जलवायु परिवर्तनबाट हुने प्रकोपमा भने नेपाल चौथो जोखिमयुक्त मुलुकको रुपमा रहेको छ । त्यसैले जलवायु परिवर्तनको क्षेत्रमा त्यसका असरलाई रोक्ने र परिवर्तित सन्दर्भ अनुसारको जीवनशैली अबलम्बनमा सघाउने अनुकूलनका दुईखाले रणनीति नेपालले अख्तियार गर्दै आएको छ ।’

उहाँले नेपालले हरित जलवायु कोष, विश्व वातावरण सहयोग, स्वच्छ विकास कोष लगायतका कोषको सहयोग लिइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभाग,पर्वतारोहण महाशाखाकी प्रमुख मिरा आचार्यले विश्वका पर्वतारोहीहरुको आकर्षणको केन्द्र बन्दै आएका नेपालका उच्च हिमालहरुको सरसफाईमा ध्यान दिन अत्यावश्यक भएको बताउनुभयो ।

Image may contain: 2 people, people standing, sky and outdoor

 

उहाँले स्थानीय बासिन्दासहित बाहिरबाट आउने पर्यटकको भार पनि थेग्न परेकोले हिमाली क्षेत्रको प्राकृतिक स्रोत साधनको संरक्षणमा विशेष ध्यान दिन जरुरी भएको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्य कायम राख्दै पर्यटनको दिगो विकास कायम गर्न पर्वतीय क्षेत्रकोबनस्पति, वन्यजन्तु लगायत जैविक विविधताको संरक्षण पनि अत्यावश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले विश्वमा जलवायु परिवर्तन र वातावरण प्रदूषणले प्राकृतिक प्रकोपहरु बढाउनुका साथै मानव जीवनलाई कष्टकर बनाएको बताउनुभयो । उहाँले नेपालमा वातावरणीय जनचेतना अभिबृद्धि तथा हिमाली क्षेत्रको सरसफाईमा नेपाल पर्वतारोहण संघले लामो समयदेखि कार्य गर्दै आएको पनि उल्लेख गर्नुुभयो ।

Image may contain: 8 people, including Prakash Adhikari and Awadhesh K Das, people standing, shoes and outdoor

वातावरण दिवसको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुड.ले नेपाल पर्वतारोहण संघको स्थापनाकालदेखि हालसम्म यसले गरेका काम, वातावरण संरक्षण र हिमालहरुको सरसफाईमा गरिएका कार्यहरु र आगामी कार्यक्रमको बारेमा पावर प्वाइन्ट प्रिजेन्टेशन गर्नुभएको थियो ।

नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिका संयोजक सार्की तामाड.को सभापतित्वमा भएको सो कार्यक्रममा समितिका सदस्य अवधेशकुमार दासले अतिथिहरुको स्वागत गर्नुभएको थियो भने सहसंयोजक मुना बस्नेतले प्रमुख अतिथि र अतिथिहरुलाई फक्रेको फूलसहितको गमला अर्पण गरेर स्वागत गर्नुभएको थियो ।

Image may contain: 6 people, including Prakash Adhikari and Awadhesh K Das, people standing and outdoor

वातावरण संरक्षण समितिका सदस्य प्रकाश अधिकारीद्धारा सञ्चालित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सचिव डा. ओलीले इन्डोर प्लान्टका गमलामा सिंचन गरेर गर्नुभएको थियो भने कार्यक्रमको समापन पछि नेपाल पर्वतारोहण संघको भवनको छतमा कागति,सुन्तला,मुन्तला लगायतका विरुवाहरु रोपण गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका कार्यसमितिका वर्तमान तथा पूर्व पदाधिकारीहरु, विभिन्न समितिका सदस्यहरु र पर्वतारोहरुको उपस्थिति रहेको थियो

Share Now

Leave a comment.