Prakash Adhikari June 9, 2020

 

लण्डन(संयुक्त अधिराज्य), २७ जेठ (बीबीसी) । एक यौनदूराचारी र चेलिबेटी वेचबिखनमा आरोपित व्यक्तिको सम्पर्कमा रहनुभएका बेलायतका राजकुमार(ड्यूक अफ योर्क )एन्ड्र्यूले छानबिनमा सहयोग नगरेको भन्ने अमेरिकन अभियोजनकर्ताहरुको आरोपको उहाँका वकिलहरूले अस्वीकार गरेका छन्।

बरू राजकुमार एन्ड्र्यूले सहयोगका लागि प्रस्ताव गरेको वकिलहरूको भनाइ छ।

यसअघि अमेरिकी अधिकारीहरूले राजकुमार एन्ड्र्यूले छानबिनका क्रममा ‘शून्य सहकार्य’ गरेको आरोप लगाएका थिए।

तर राजकुमार एन्ड्र्यूको कानुनी टोलीले सहयोगका लागि ‘कम्तीमा तीन पटक प्रस्ताव’ गरेको एउटा वक्तव्यमार्फत् जनाएको छ।

सहयोग

सहयोगको प्रस्ताव स्वीकार्नुभन्दा अमेरिकी न्याय मन्त्रालयले प्रचारबाजी चाहेको वकिलहरूले भनेका छन्।

कानुनी टोलीले विज्ञप्तिमा भनेको छ, ूयो वर्ष ड्यूक अफ योर्कले साक्षीका रूपमा सहयोग गर्न कम्तीमा तीन पटक अमेरिकी न्याय मन्त्रालयलाई प्रस्ताव गर्नुभएको छ।ू

राजकुमार एन्ड्र्यूलाई अमेरिकी अधिकारीहरूले यौन दुराचारी जेफ्री एप्स्टीनसँगको सम्बन्धबारे बयान दिन आग्रह गरेको बीबीसीलाई बताइएको थियो।

अमेरिकी न्याय मन्त्रालयले एप्स्टीनबारेको अनुसन्धानको एउटा पक्षको रूपमा ब्रिटिश राजकुमार एन्ड्र्यूलाई बयान दिन औपचारिक आग्रह गरेको कुरा सबैभन्दा पहिले द सन पत्रिकाले प्रकाशित गरेको थियो।

ती अमेरिकी व्यापारीसँगको मित्रताका कारण राजकुमार एन्ड्र्यूले तीव्र आलोचना बेहोर्नुपरेको छ।

ड्यूकले एप्स्टीनको घरहरूमा गएका बेला आफूले कुनै पनि शङ्कास्पद व्यवहार नदेखेको यसअघि बताउनुभएको थियो।

राजकुमारलेले गत वर्ष एप्स्टीनसँगको सम्बन्धबारे बीबीसीलाई अन्तर्वार्ता दिएपश्चात् भएको व्यापक आलोचनापछि शाही जिम्मेवारी त्याग्नुभएको थियो।

६६ वर्षीय एप्स्टीनले यौनका लागि महिलाको तस्करी र षड्यन्त्रको आरोपसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा गत अगस्ट महिनामा जेलभित्रै आत्महत्या गर्नुभएको थियो।

बीबीसीका शाही संवाददाता जनी डाइमन्डले अमेरिकी अधिकारीहरूले दुई देशबीच विद्यमान पारस्परिक कानुनी सहायता (एमएलए) को प्रावधान अन्तर्गत ब्रिटिश गृहमन्त्रालयलाई त्यस्तो बयान दिनका लागि गरिएको आग्रह बुझाएको समाचार बीबीसीले पुष्टि गरेको बताउनुभएको छ।

तर अमेरिकी न्याय मन्त्रालय वा ब्रिटिश गृहमन्त्रालयले त्यसको पुष्टि नगरेको उहाँको भनाइ छ।

एमएलएको प्रावधान अनुसार राजकुमार एन्ड्र्यूले यदि स्वेच्छिक रूपमा त्यसको जवाफ दिनुभएन भने प्रश्नहरूको जवाफ दिन ब्रिटेनको अदालतमा उहाँलाई बोलाउन सकिन्छ।

बीबसी संवाददाताका अनुसार उक्त आग्रह गरिएको व्यहोरा सार्वजनिक रूपमा चुहाइएकोमा ड्युकको कानुनी समूह निकै नै अप्रसन्न छ। स्रोतले त्यसलाई ुगोपनीयताको असाधारण उल्लङ्घनु भएको बतायो।

अन्य राज्यद्वारा गरिने एमएलए आग्रह सामान्यतया कानुन लागु गराउने निकायहरूले सहयोग प्राप्त गर्न नसकेपछि फौजदारी अपराधको अभियोजन वा अनुसन्धानमा सहयोग प्राप्त गर्नका निम्ति गरिन्छ।

गृहमन्त्रालयको कार्यविधि अनुसार त्यस्तो आग्रह गरिएको हो वा होइन भन्ने कुरा पुष्टि पनि नगर्ने अस्वीकार पनि नगर्ने ब्रिटिश गृह मन्त्रालयको नियमित नीति नै हो।

सन् २०१९ को नोभेम्बर महिनामा बीबीसीको न्यूजनाइट कार्यक्रमलाई दिएको अन्तर्वार्तामा ड्यूकले एप्स्टीनलाई सन् २००८ मा कम उमेरका किशोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दोषी ठहर्‍याइए पनि उनीसँगको मित्रतालाई लिएर कुनै पश्चाताप नभएको बताउनुभएको थियो।

उक्त अन्तर्वार्ता प्रसारण भएलगत्तै उहाँले आफूले ुजुनसुकै उपयुक्त कानुन लागु गर्ने निकायलाई सघाउन चाहेकोु बताउनुभएको थियो ।

Share Now

Leave a comment.