बुटबल(रुपन्देही), २७ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवा गाउँको एक गाई फार्मका ३ कामदारसहित ५ जनाको फोरुवा प्रहारबाट हत्या भएको छ।
घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्ग खत्रीका अनुसार फार्ममा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार होइनन् ।
डीएसपी खत्रीले फार्ममा रगतले लतपतिएको फोरुवा भेटिएको बताउनुभएको छ ।
हत्याको आशंकामा प्रहरीले पक्राउ गरेको सुर्खेतका झसेन्द्र सिंजालीले आफूलाई दुःख दिएकोले हत्या गरेको साबिति बयान दिएका छन् ।
हत्या सोमबार राति भएको हो।



















