Prakash Adhikari June 12, 2020

 

जावलाखेल(ललितपुर), ३० जेठ । सर्वसाधरणमा सेयर बेच्नका लागि निजी क्षेत्रको सेवामूलक उद्योग चन्द्रागिरी हिल्स,(केवल कार) नेपाल धितोपत्र बोर्डमा पुगेको छ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर आईपिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

कम्पनीले आईपिओ निष्काशन सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आईएमई क्यापिटलले गर्ने जनाएको छ।

कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि ग्लोबल आइएमई क्यापिटलले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने बताइएको छ ।

Share Now

Leave a comment.