काठमाडौं, ३० जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणमा परेका बिरामीहरुको संख्या ५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ भने मृतकहरुको संख्या १६ जनाको पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार बिहीवार २५० जनामा, बुधवार २७९ जनामा र मङ्गलवार ३२३ जनामा सङ्क्रमण तथा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार संक्रमित मध्ये ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुमा सबैभन्दा धेरै रौतहटका ८६ जना छन् । त्यस्तै सर्लाहीका ५७ , सुर्खेतका ४५, दैलेखका ३८, धादिङका २९, स्याङ्जाका २२, सप्तरीका १७, रुपन्देही र महोत्तरी १६/१६ , धनुषा र बर्दियाका १५/१५, झापा र पर्वतका १३/१३ , सिराहाका ११ र सुनसरीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवन र दाङका ८/८ जना, नवलपुरका ५ जना, कपिवलस्तुका ४ जना, उदयपुर र मोरङका ३/३ जना, नवलपरासी, प्युठान, अर्घाखाँची २र२ जना तथा काठमाडौं, नुवाकोट, बारा, गुल्मी र पाल्पा, इलाम, तनहुँ, बाँकेका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।
थप एकको मृत्यु
मन्त्रालयकाअनुसार अर्घाखाँची, मालारानी गाउँपालिकाको एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बिरामी परेका ५७ वर्षका उनी बुटवलमा उपचार गराएर फर्किँदा बाटोमा मृत्यु भएको थियो ।
१२ दिनअघि भारतको महाराष्ट्रबाट फर्किएर स्थानीय क्वारेन्टाइनमा बसेको ती बिरामीलाई श्वासप्रश्वासमा समस्या आएपछि बुटवलस्थति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराईएको थियो । फर्किने क्रममा उनको बुधवार मृत्यु भएको हो ।
उपचारका क्रममा मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
१० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
के छ अरू तथ्याङ्क ?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १ लाख २१हजार ८ सय ६२ पुगेको छ।
अहिलेसम्म ७२ जिल्लामा सङ्क्रमण भेटिएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमण
- जेठ ३० गते शुक्रवार अपराह्ण ४ः३० बजेसम्मको तथ्याङ्क
- ५,०६२ कुल सङ्क्रमण
- ७२ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ५,९२५
- चिकित्सकीय निगरानीमा अलग्गै ४,१६९
- देशभरि क्वारन्टीनमा१,५८,०००ं
- अहिलेसम्म निको ८७७
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
अहिलेसम्म प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड(१९ भएका व्यक्ति भेटिएको छ।
क्वारेन्टाइनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १ लाख ५८ हजार भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन् ।



















