काठमाडौं, २ आषाढ । लकडाउनकै बीचमा एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले सर्व साधारणमा आफ्नो सेयर निष्कासन गर्ने भएको छ ।
संस्थाले यही असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
संस्थाको कुल निष्कासनमध्ये ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८ सय कित्ता सामूहिक लगानी कोष र ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधरणलाई छुट्टयाइएको छ ।
लगानीकर्ताले सो सेयर खरिदका लागि असार १० देखि छिटोमा असार १४ गतेसम्म र त्यो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आइर्एपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले सानिमा क्यापिटल, लघुवित्तको कार्यालय र सी आश्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकको जिम्मा सानिमा क्यापिटलले गर्ने छ । लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ ।