काठमाडौं, ५ आषाढ । नेपालमा बितेको २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३ सय ३८ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ८ हजार २ सय ७४ पुगेको छ । जसमा महिला ७ सय ७ र पुरुषहरुको सख्या
७ हजार ५ सय ६७ रहेको छ।
हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोनालाई परास्त गरी निको भएर घर फर्किनेको संख्या २ सय १६ पुगेको छ ।
बितेको २४ घण्टामा ९ महिला र २ सय ७ जना निको भएर फर्किएका छन्। हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।


















