पोखरा(कास्की), ९ माघ । मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छिन् ।
बैदाम तामाङ सेवा समाज कास्कीले २८५४औँ सोनाम ल्होसारको अवसर पारी पोखरामा आयोजना गरेको पाँचौँ संस्करणको प्रतियोगिताको फाइनलमा १५ प्रतिस्पर्धीलाई पछि पारेर कविताले उपाधि जितेकी हुन ।
कविताले मिस ट्यालेन्टको उपाधि र नगद ३० हजार पुरस्कार पनि प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा काठमाडौँ स्वयम्भूकी सुस्मिता गोले तामाङ फस्र्ट रनरअप भइन् । उनले २० हजार पुरस्कार पाइन् ।
त्यसैगरी, सेकेन्ड रनरअप विजेता पोखरा लेकसाइडकी अमिता लामाले १५ हजार नगद पाइन् ।
सुस्मिताले पब्लिक च्वाइस र मिस कन्फिडेन्ट तथा अमिताले सेकेन्ड रनर अप र फोटो जेनिकको उपउपाधि जितेकी थिइन् ।